निवेदक प्रेमराज भट्ट विरुद्ध अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौं समेत, मुद्दाः उत्पे्रषण, ने.का.प. २०७६, अंक २, पृष्ठ २५९, नि.नं. १०१९१ ।

 

अधिवक्ता तहको २९ औं परीक्षाको लागि निर्धारित नजीरहरूः

(आ) प्रशासनिक कानून

निवेदक प्रेमराज भट्ट विरुद्ध अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौं समेत, मुद्दाः उत्पे्रषण, ने.का.प. २०७६, अंक २, पृष्ठ २५९, नि.नं. १०१९१ ।

 

विषय-उत्प्रेषण

निवेदक - कञ्‍चनपुर जिल्ला, झलारी पिपलादी नगरपालिका वडा नं। ९ बस्ने प्रेमराज भट्ट

विरूद्ध

विपक्षी - माननीय अर्थ मन्त्री, अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा

 

आदेश मिति २०७५।३।१२

सम्बद्ध कानून

राष्ट्रिय बिमा संस्थान ऐन, २०२५

 

निवेदकको माग दावी

निवेदकलाई राष्ट्रिय बिमा संस्थान ऐन, २०२५ को दफा ६९१० र ९२० बमोजिम नेपाल सरकार ९माननीय मन्त्रीस्तर० को मिति २०७२।१२।३ को निर्णयानुसार ३ वर्ष अवधिको लागि राष्ट्रिय बिमा संस्थानको सञ्‍चालक पदमा नियुक्त गरी सहायक प्रशासकको समेत कामकाज गर्ने गरी तोकिएको र  कार्यकाल मिति २०७५।१२।३ सम्म रहेकोमा  नेपाल सरकार ९माननीय मन्त्रीस्तर० को मिति २०७३।७।१२ को निर्णयानुसार सहायक प्रशासकको पदको जिम्मेवारीबाट हटाइने गरी भएको कार्यले पेसा रोजगारको हकमा प्रत्यक्ष असर परेको ।

उक्त निर्णयबाट नेपालको संविधानको धारा १७९२० ९च०, १८९१०, २० ९८० ९९०, ३३ र राष्ट्रिय बिमा संस्थान ऐन, २०२५ को दफा ६९१० ९२० तथा दफा ९ ले प्रदान गरेको संवैधानिक एवम् कानूनी हक अधिकारको बर्खिलाप हुने गरी भएको मिति २०७३।७।१२ को नेपाल सरकार ९मा। मन्त्रीस्तर० को निर्णय सो निर्णयका आधारमा मलाई दिएको सोही मितिको पत्र तथा विपक्षी सुरेन्द्र थापालाई सोही पदमा नियुक्त गरिएको सम्पूर्ण काम कारबाही उत्प्रेषणको आदेशले बदर गरी उक्त पदमा विपक्षी सुरेन्द्र थापालाई कामकाज नगर्नु, नगराउनु तथा म निवेदकलाई सो पदमा यथावत् कायम राखी कामकाज गर्न दिनु भनी अन्तरिम आदेशसहितको परमादेशको आदेश जारी गरिपाउँ ।

 

 

सिद्धान्त

राष्ट्रिय बिमा संस्थान ऐन, २०२५ मा स्पष्ट रूपमा पदावधि नतोकिएको अवस्थामा जुन निकायले जुन तरिकाले जिम्मेवारी दिने अधिकार राख्दछ, सोही निकायले सोही तरिकाले जिम्मेवारीबाट हटाउन सक्ने हैसियत राख्ने ।

अर्को व्यवस्था नभएसम्मका लागि भनी दिइएको तदर्थ प्रकृतिको जिम्मेवारीबाट हटाउन सुनुवाइको मौका दिई रहनु आवश्‍यक नहुने ।

 

फैसला

राष्ट्रिय बिमा संस्थान ऐन, २०२५ को दफा ६९२० मा पदावधि तोकिएको संस्थानको सञ्‍चालकको जिम्मेवारीबाट यी निवेदकलाई मुक्त गरिएको नदेखिएको, ऐनमा स्पष्ट रूपमा सहायक प्रशासकको पदावधि नतोकिएको, निवेदकलाई सञ्‍चालकको पदमा नियुक्ति दिँदाको अवस्थामा नै अर्को व्यवस्था नभएसम्मको लागि भनी तदर्थ रूपमा अस्थायी प्रकृतिबाट सहायक प्रशासकको समेत जिम्मेवारीसम्म तोकिएको देखिएको र सहायक प्रशासकको पदमा मिति २०७३।७।१२ मा विपक्षी सुरेन्द्र थापालाई तोकी निवेदकलाई सो पदको जिम्मेवारीबाट सम्म हटाएको देखिएकोले निवेदन मागबमोजिमको आदेश जारी गर्नु पर्ने अवस्था देखिएन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ ।

Subscribe @ https://www.youtube.com/rakune

निवेदक उपभोक्ता हित संरक्षण मञ्च नेपालको तर्फबाट अख्तियार प्राप्त केन्द्रीय सचिव अधिवक्ता रामचन्द्र सिम्खडासमेत विरुद्ध नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं समेत मुद्दाः उत्प्रेषण, ने.का.प. २०७६, अंक २, पृष्ठ ३६७, नि.नं. १०२०४ ।

 

अधिवक्ता तहको २९ औं परीक्षाको लागि निर्धारित नजीरहरूः

(अ) संवैधानिक कानून

निवेदक उपभोक्ता हित संरक्षण मञ्च नेपालको तर्फबाट अख्तियार प्राप्त केन्द्रीय सचिव अधिवक्ता रामचन्द्र सिम्खडासमेत विरुद्ध नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं समेत मुद्दाः उत्प्रेषण, ने.का.प. २०७६, अंक २, पृष्ठ ३६७, नि.नं. १०२०४ ।

विषय- उत्प्रेषण

निवेदक - उपभोक्ता हित संरक्षण मञ्‍च-नेपालको तर्फबाट अख्तियारप्राप्‍त केन्द्रीय सचिव वर्ष ४० को अधिवक्ता रामचन्द्र सिम्खडा समेत

विरूद्ध

विपक्षी - नेपाल सरकार, प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौं समेत

 

सर्वोच्च अदालत, संयुक्त इजलास

फैसला गर्ने न्यायाधीसहरु

माननीय न्यायाधीश डा. श्री  आनन्दमोहन भट्टराई

माननीय न्यायाधीश श्री  तेजबहादुर के.सी.

 

आदेश मिति २०७५।११।१

सम्बद्ध कानून

नेपालको संविधान

नेपालको अन्तरिम संविधान, २०६३

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९

वातावरण ऐन, २०५३

 

निवेदकको माग दावी

सञ्चारका विभिन्‍न माध्यमहरूबाट निकुञ्‍ज मासेर सडक बनाउने तयारी भन्‍ने समाचार प्रकाशित र प्रसारित भएपछि हामी निवेदक संस्थाले मिति २०६८र०९र२४ गतेका दिनमा विपक्षी नं। ३ सँग सोसँग सम्बन्धित कागजातहरू माग गर्दा हालसम्म कुनै लिखित जवाफ प्राप्‍त हुन आएको छैन । पर्सा जिल्लाबाट चितवन राष्ट्रिय निकुञ्‍ज क्षेत्रभित्रबाट ठोरी हुँदै नवलपरासीको त्रिवेणी जोड्ने झण्डै ३० कि।मि। बाटो बनाउनको लागि र यसभन्दा अगाडि २०६८र०६९ मा ठोरीदेखि चितवनको माडी, जगतपुर, मेघौली, कोलवा, बहुवन हुँदै त्रिवेणी जोड्ने हुलाकी बाटोको नक्सा स्वीकृत भएको भन्‍ने खुल्न आएको छ । सो योजना रातो किताबमा समेत प्रकाशित भएको भन्‍ने समाचार प्रकाशित भएको छ । उक्त योजनालाई परिवर्तन गरी नजिक राप्ती नदीको किनारै किनार चितवन राष्ट्रिय निकुञ्‍ज बीचबाट सिधै त्रिवेणी निकाल्ने गरी हुलाकी बाटो बनाउन लागेकोले उक्त विपक्षीहरूको काम कारबाही नेपालको अन्तरिम संविधान, २०६३ , वातावरण संरक्षण ऐन, २०५३ , सन्धि ऐन, २०४९ , प्राकृतिक साँस्कृतिक एवम् पुरातात्विक विषयको महत्त्व राख्‍ने क्षेत्र, जैविक विविधता महासन्धि, १९९२, संकटापन्‍न जङ्गली वासस्थान तथा जीवजन्तुका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि ९साईटीस०, १९७३, विश्‍व साँस्कृतिक प्राकृतिक सम्पदा संरक्षण महासन्धि १९७२, फोहोर पदार्थहरू पानी, समुन्द्र प्रदूषण गर्ने कार्य नियन्त्रणसम्बन्धी महासन्धि, १९७२, जलपन्छीको बसोबास जस्ता अन्तर्राष्ट्रिय महत्त्वका सिमसारसम्बन्धी महासन्धि, १९७१, जलचर संरक्षण ऐन, २०१७ तथा राष्ट्रिय सिमसार नीति, २०५९ र सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित भएका विभिन्न सिद्धान्तहरू तथा कानूनी हक प्रचलनको लागि सार्वजनिक विवाद समावेश भएको संवैधानिक तथा कानूनी एवम् वातावरणीय न्यायसँग सम्बन्धित प्रश्‍न समावेश भएको छ ।

वातावरणीय सन्धि, महासन्धि, नेपालको अन्तरिम संविधान, २०६३, वातावरणसम्बन्धी ऐन, नीति, नियमबमोजिम संरक्षण गर्नुपर्ने दायित्व विपक्षीहरूको हो । यस निकुञ्‍जमा दुर्लभ वन्यजन्तु तथा वनस्पति सबैले आ(आफ्नै वासस्थानमा फल्ने(फुल्ने मानिस जस्तै स्वतन्त्र रूपले बाँच्न पाउने, गर्भवती हुँदा वा बच्चा जन्मँदा अप्राकृतिक रूपले मारिनु पर्ने त्रासबाट सुरक्षित हुन, आफ्नो आमाको न्यानो माया, ममता र निर्वाधरूपमा दुध चुस्न पाउने, प्रजनन गर्न पाउने हरेक वन्यजन्तुको प्राकृतिक हक हुन्छ । विपक्षीहरूको क्रियाकलापबाट यी अधिकारमाथि असर पर्ने हुन्छ । स्थानीय उपभोक्तासमेतसँगको बिना राय सुझाव निकुञ्‍जभित्रबाट बाटो खोल्ने कार्य मानव अधिकारको विश्‍वव्यापी घोषणा पत्र, १९४८ र आर्थिक सामाजिक र साँस्कृतिक अधिकारसम्बन्धी अभिसन्धि, १९६६ को प्रतिकूल हुन्छ । यसलाई उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ६ राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु ऐन, २०२९ को दफा ४ र ५, वातावरण संरक्षण ऐन, २०५३ समेतले रोक लगाएको अवस्था छ । विपक्षीहरूले जैविक विविधताले भरिपूर्ण अति संवेदनशील राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नै अति विशिष्ट महत्त्व राख्‍ने संरक्षण तथा सामरिक महत्त्वको क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने गरी सञ्‍चालन गर्न खोजेको बाटो निर्माण गर्ने कार्यले वातावरण तथा जैविक विविधताको क्षेत्रमा नकारात्मक असर पर्नजाने कुरामा विवाद छैन । त्यसैले वातावरण संरक्षण गरी दिगो विकासको लक्ष्य प्राप्‍त गर्नुमा सरोकारको विषय बनिसकेको अवस्था छ ।

उल्लिखित तथ्य, संवैधानिक तथा कानूनी हकबमोजिम विपक्षीहरूका नाममा संरक्षित सम्पदा तथा राष्ट्रिय निकुञ्‍जभित्रबाट निकुञ्‍जको प्रयोजनका लागिबाहेक अन्य कुनै बाटो निर्माण गर्ने कार्य तत्काल नगर्नु नगराउनु सोसँग सम्बन्धित कुनै सन्धि, सम्झौता भएको भए बदर गर्नु गराउनु भन्‍नेसमेत विपक्षीहरूको नाममा उत्प्रेषण, प्रतिषेध, परमादेशलगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाऊँ ।

 

निर्णय गर्नुपर्ने प्रश्न

१। प्रस्तुत विवादमा सार्वजनिक हक र सरोकारको संविधानद्वारा प्रदत्त क्षेत्राधिकार आकर्षित हुने अवस्था छ वा छैन ।

२। चितवन राष्ट्रिय निकुञ्‍जको प्राकृतिक एवम् जैविक सम्पदा तथा वातावरण संरक्षणको दृष्टिबाट के महत्त्व रहेको छ

३। चितवन राष्ट्रिय निकुञ्‍जको जैविक सम्पदा र वातावरण संरक्षणमा उठेका चुनौतीहरू के के हुन् रु यी चुनौतीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतीको सन्दर्भमा कसरी हेरिनुपर्छ

४। सडक निर्माणको कारण चितवन राष्ट्रिय निकुञ्‍जले विगतमा के कस्तो चुनौती बेहोर्नु परेको थियो, अहिलेको चुनौती के हो

५। प्रस्तावित ठोरी(माडी(भरतपुर सडक निर्माण सम्बन्धमा गरिएको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनले संरक्षणका चुनौतीहरूलाई सम्बोधन गर्न सकेको छ वा छैन । यो प्रतिवेदन स्वीकारयोग्य छ वा छैन ।

६। निवेदकको माग बमोजिमको रिट जारी हुनुपर्ने हो वा होइन ।

 

सिद्धान्त

सरकार सार्वजनिक सम्पत्तिको मालिक होइन, न्यासी मात्र हो । प्राकृतिक स्रोत वा सम्पदाको न्यास नेपालका सम्पूर्ण जनता, वर्तमान एवम् भावी पुस्ताको हितको लागि राखिएको हुँदा स्रोतको परिचालनको विषयमा देशका समस्त जनताको हित नहेरी सीमित व्यक्ति वा समुदायको लाभको लागि उसले जे पनि गर्छु भन्‍न मिल्दैन । प्राकृतिक स्रोतहरू राष्ट्रका समस्त जनता, वर्तमान र भावी पुस्ता वा सन्ततिसमेतका सम्पत्ति हुन् भन्‍ने कुरालाई सरकारले बुझ्नु र मनन गर्नुपर्ने ।

सार्वजनिक सरोकारको निवेदन आवाज हराएका, आफैँ आफ्नो कुरा भन्‍न नसक्ने व्यक्ति र समुदायको तर्फबाट पेस गरिएको निवेदन र अदालतलाई दिएको सूचना र वातावरणीय न्यायको सन्दर्भमा सम्पूर्ण प्राणी चराचरको तर्फबाट गरिएको याचना हुने ।

युनेस्कोलगायत सरोकारवाला निकायहरूको परामर्श र सहमतिमा गरिएको वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म राष्ट्रिय निकुञ्‍जभित्र पर्ने गरी सडक निर्माणसम्बन्धी कुनै कार्य गर्न नहुने ।\

 

फैसला

प्रस्तावित ठोरी(माडी(भरतपुर सडकले चितवन राष्ट्रिय निकुञ्‍जको जैविक एवम् वातावरणीय क्षेत्रमा उल्लेखनीय रूपमा पार्ने प्रतिकूल प्रभावलाई दृष्टिगत गरी सम्भावित अतिक्रमणबाट निकुञ्‍जको सम्पदालाई जोगाउनु समस्त नेपाली एवम् अभिभावकीय भूमिकाअन्तर्गत यस अदालतको संवैधानिक एवम् कानूनी दायित्व हुने देखिन्छ । यसो गरिनु नेपालले विश्‍व समुदायसमक्ष गरेको वचनबद्धताअनुरूप समेत हुने हुँदा हाल गरिएको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रतिवेदन र सो प्रतिवेदन स्वीकार गर्ने वन तथा वातावरण मन्त्रालयको २०७५।१०।१७ को मन्त्रीस्तरीय निर्णय त्रुटिपूर्ण देखिँदा सोलाई उत्प्रेषणको आदेशले बदर गरिदिएको छ । अब कानूनद्वारा स्थापित चितवन राष्ट्रिय निकुञ्‍ज कार्यालय, युनेस्कोलगायत सरोकारवाला निकायहरूको परामर्श र सहमतिमा गरिएको वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म चितवन राष्ट्रिय निकुञ्‍जभित्र पर्ने गरी सडक निर्माणसम्बन्धी कुनै कार्य नगर्नु नगराउनु भनी यो परमादेशको आदेश जारी गरिदिएको छ ।


Subscribe @ https://www.youtube.com/rakune

निवेदक अधिवक्ता माधवकुमार बस्नेत अध्यक्ष, न्याय परिषद् सचिवालय, कुपण्डोल, ललितपुरसमेत, मुद्दाः परमादेश, ने.का.प. २०७५, अंक ४, पृष्ठ ६१९, नि.नं. ९९८५ ।

 

अधिवक्ता तहको २९ औं परीक्षाको लागि निर्धारित नजीरहरूः

(अ) संवैधानिक कानून

निवेदक अधिवक्ता माधवकुमार बस्नेत अध्यक्ष, न्याय परिषद् सचिवालय, कुपण्डोल, ललितपुरसमेत, मुद्दाः परमादेश, ने.का.प. २०७५, अंक ४, पृष्ठ ६१९, नि.नं. ९९८५ ।

विषय- परमादेश

निवेदक -भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका वडा नं। १६ बस्ने अधिवक्ता माधवकुमार बस्नेत

विरूद्ध

विपक्षी - अध्यक्ष, न्याय परिषद्‌ सचिवालय, कुपण्डोल, ललितपुरसमेत

सर्वोच्च अदालत, बृहत् पूर्ण इजलास

फैसला गर्ने न्यायाधीसहरु

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

आदेश मिति २०७३।१२।१०

नेपालको संविधानको धारा १३३, १३७

सर्वोच्च अदालत संवैधानिक इजलास सञ्चालन नियमावली, २०७२

निवेदकको माग दावी

न्याय प्रशासनलाई छिटो छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने राज्यको नीति रहेको र धारा १२६९१० मा नेपालको न्यायसम्बन्धी अधिकार यो संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम अदालत र न्यायिक निकायबाट प्रयोग गरिने जस्ता संविधानमा सशक्त व्यवस्थालाई कार्यान्वयन र पालना गर्नुपर्ने संविधानअन्तर्गतकै निकाय न्याय परिषद्ले बेवास्ता गरिरहेको छ । संविधानको धारा १३३९१० ले विधायिकाले आफ्नो कानून बनाउने अधिकार दुरूपयोग गरी वा अधीनस्थ विधायिकीय अधिकारको दुरूपयोग गरी कार्यपालिकाले कुनै कानून बनाई कानूनी आवरणमा जनताका मौलिक हक अधिकार अतिक्रमण गरे जनताले त्यस उपधाराअन्तर्गत उपचार लिन सकुन् भनी गरिएको व्यवस्था नै कार्यान्वयन हुनसकेको छैन । यो संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ भन्ने संविधानको धारा १ को उपधारा ९२० को पालना गर्नुपर्नेमा संवैधानिक निकायबाट नै पालना भएको नदेखिँदा संवैधानिक इजलासका लागि न्यायाधीश सिफारिस गर्न तुरून्त बैठक बोलाई आवश्यक ४ जना न्यायाधीश सिफारिस गर्नु भनी परमादेश जारी गरिपाउँ र प्रस्तुत विषय नागरिक हकसँग मात्र सीमित नरही संविधानको कार्यान्वयन, कानूनको शासन, संवैधानिक कर्तव्य पूरा गर्नुपर्ने पदाधिकारी तथा निकायले संवैधानिक कर्तव्य पूरा नगरेकोलगायतका विषयसँग सम्बन्धित सर्वाधिक महत्त्वको विषय भएकोले अन्तिम सुनुवाइको मितिसमेत प्रारम्भिक सुनुवाइमै तोकिपाउँ ।

निर्णय गर्नुपर्ने प्रश्न

निवेदकको मागबमोजिम संवैधानिक इजलासका लागि न्यायाधीश सिफारिस गर्नु भनी विपक्षीका नाउँमा परमादेशको आदेश जारी गर्नुपर्ने हो वा होइन र ।

सिद्धान्त

मौलिक हकको प्रचलनका लागि संवैधानिक उपचारको हकसमेत संविधानको धारा ४६ ले प्रदान गरेको छ । उल्लिखित हकहरूमध्ये संविधानको धारा १३३९१० बमोजिम उपचार प्रदान गर्नका लागि संवैधानिक इजलास कायम रहनु आवश्यक र अनिवार्य छ । न्यायिक उपचार प्रदान गर्ने संयन्त्रको अभावमा मौलिक हकको प्रचलन सम्भव हुँदैन । संवैधानिक इजलासको व्यवस्था नागरिकको मौलिक हक प्रचलनसँग अन्योन्याश्रितरूपमा जोडिएको विषय हो । यो स्वयंमा मौलिक हकको विषय पनि हुने ।

संवैधानिक परीक्षणको माध्यमद्वारा संविधान प्रतिकूल बनेका कानूनलाई अमान्य र बदर घोषित गरी नागरिकको मौलिक हकको संरक्षण गर्ने, संविधानवादको मान्यतालाई स्थापित गर्ने, कानूनको शासन कायम गर्ने र शासकीय सुव्यवस्था, नियन्त्रण र सन्तुलन कायम गर्ने महत्त्वपूर्ण अधिकार र जिम्मेवारी संवैधानिक इजलासमा रहेको हुँदा यसको अविच्छिन्न निरन्तरता र क्रियाशीलता वाञ्छनीय देखिन्छ । इजलास नै गठन नभएको वा निरन्तर रूपमा क्रियाशील हुन नसक्ने स्थिति देखिनु उचित होइन । निस्सन्देह यो गम्भीर विषय हो । नेपालको संविधानले यस्तो शून्यताको स्थितिको परिकल्पना गरेको नदेखिने ।

संवैधानिक प्रावधानहरूको कार्यान्वयनका लागि कहिल्यै कुनै अवस्थामा पनि संवैधानिक इजलास अपूर्ण रहनु हुँदैन । सदैव, निरन्तर र अविच्छिन्न रूपमा संवैधानिक इजलास कायम र क्रियाशील रहने प्रबन्ध मिलाउनु अत्यावश्यक    देखिने ।

नेपालको संविधानको धारा १३७९१० मा रहेको व्यवस्था, न्यायिक कार्य सम्पादनसम्बन्धी मान्यता र व्यावहारिकतासमेतलाई दृष्टिगत गर्दा चार जनाभन्दा बढी संख्यामा संवैधानिक इजलासका लागि न्याय परिषद्‌बाट न्यायाधीशको नाम सिफारिस गर्न सकिने ।

प्रधानन्यायाधीशले संवैधानिक इजलासका लागि चार जना न्यायाधीश तोक्ने स्वविवेकाधिकार प्रयोगको अवस्था कायम राख्नका लागि न्याय परिषद्‌बाट चार जनाभन्दा बढी न्यायाधीशको नाम सिफारिस गरी संवैधानिक इजलासका लागि न्यायाधीशको समूह  खडा गर्न सकिने ।

निस्सन्देह व्यावहारिकताको नाउँमा संविधान, कानून एवं न्यायका मान्य सिद्धान्त प्रतिकूलका काम कारबाही स्वीकार्य हुँदैनन् । तर संविधान, कानून एवं न्यायका मान्य सिद्धान्तअनुकूल हुने अवस्थामा न्यायिक काम कारबाहीलाई व्यवहार(सुलभ र सहज तुल्याउनु औचित्यपूर्ण नै हुने ।

फैसला

संवैधानिक इजलास गठन भई निरन्तर अविच्छिन्न रूपमा सञ्चालनमा रहनु अनिवार्य देखिएको र विगत लामो समयदेखि सो इजलासका लागि आवश्यक संख्यामा न्यायाधीश तोक्ने कार्य नगरिएको कारणबाट नागरिकको मौलिक हक प्रचलनसम्बन्धी नेपालको संविधानको धारा १३३९१० बमोजिम परेका अनेकौं विवादको निरूपण हुन नसकी न्याय सम्पादन प्रक्रिया नै अवरूद्ध भएको देखिन आएको र आगामी दिनमा समेत संविधानले आत्मसात् गरेको मान्यता, सिद्धान्त, उद्देश्य र मनसायको प्रभावकारी कार्यान्वयनको मार्गमा अवरोध पैदा नहोस् भन्नेतर्फ पर्याप्त संवेदनशीलता अपनाउन वाञ्छनीय देखिँदा माथिका प्रकरणहरूमा विवेचित कुराहरूलाई समेत दृष्टिगत गरी सर्वोच्च अदालतमा रहेको संवैधानिक इजलासका लागि पर्याप्त  संख्यामा न्यायाधीश सिफारिस गर्ने कार्य यो आदेशको जानकारी प्राप्त भएका मितिले बढीमा पन्ध्र दिनभित्र गर्नु गराउनु भनी विपक्षी न्याय परिषद्‌का नाउँमा परमादेश जारी हुने ठहर्छ ।

Subscribe @ https://www.youtube.com/rakune

निवेदक अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसमेत विरुद्ध श्री सम्माननीय प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत मुद्दाः परमादेश समेत, ने.का.प. २०७४, अंक ७, पृष्ठ १२०१), नि.नं. ९८४० ।

 

अधिवक्ता तहको २९ औं परीक्षाको लागि निर्धारित नजीरहरूः

(अ) संवैधानिक कानून

निवेदक अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसमेत विरुद्ध श्री सम्माननीय प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत मुद्दाः परमादेश समेत, ने.का.प. २०७४, अंक ७, पृष्ठ १२०१), नि.नं. ९८४० ।

 

विषय- नेपालको संविधाको धारा ४६, १३३९२० र ९३० बमोजिम परमादेशलगायत अन्य उपयुक्त आदेश जारी गरिपाऊँ ।

निवेदक - अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसमेत

विरूद्ध

विपक्षी श्री सम्माननीय प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत

 

फैसला गर्ने न्यायाधीसहरु

माननीय न्यायाधीश श्री दीपकराज जोशी

माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की

 

आदेश मिति २०७४।०५।१९

निवेदकको माग दावी

जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मानव अधिकार, वालिग मताधिकार र आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य मान्यतामा आधारित लोकतान्त्रिक प्रणालीको संस्थागत विकासमा नेपालको संविधानबमोजिम केन्द्रीय प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहको निर्वाचनका विषय तथा जनताका प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा नेपाल सरकारले हालसम्म पनि संघीय प्रतिनिधि सभाको निर्वाचन र प्रदेश सभाको निर्वाचनको तिथि मिति घोषणा नगरेबाट देहाएका संवैधानिक एवम् कानूनी प्रश्न उठेका छन् ।

१ संक्रमणकालको अन्त्य गर्न संविधानबमोजिम तीनै तहका संसद्‌को निर्वाचन २०७४ साल माघ ७ गतेभित्र गर्ने कार्य योजना ल्याई निर्वाचन सम्पन्न गरी संविधानको कार्यान्वयन गर्ने संवैधानिक दायित्व सरकारको हो वा होइन

२ संविधानबमोजिम तीनै तहको संसद्‌को निर्वाचन गर्ने गरी कार्ययोजना ल्याई निर्वाचन सम्पन्न गर्नु गराउनु भनी विपक्षीहरूका नाममा परमादेशलगायत जो चाहिने आज्ञा आदेश जारी हुन्छ वा हुँदैन

सिद्धान्त

आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत सर्त र चरित्र हो । निर्वाचन विनाको लोकतन्त्र पानी बिनाको माछा जस्तै हो । अर्थात् आवधिक निर्वाचन विना लोकतन्त्रको परिकल्पनासमेत गर्न सकिँदैन । निर्वाचन नागरिक अधिकार तथा मौलिक मानव अधिकारको विषय पनि हो । नेपालको संविधानको प्रस्तावनामा ूजनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्‍पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजप्रति प्रतिबद्ध रही समृद्ध राष्‍ट्र निर्माणू गर्ने भन्‍ने कुरा उल्लेख भएको पाइने ।

लोकतन्त्र भनेको कानूनी शासन र संविधानवादको आधारशिला हो । जसलाई जनताद्वारा छानिएका प्रतिनिधिले शासन गर्ने प्रणालीको रूपमा पनि लिइन्छ । आवधिक निर्वाचनको माध्यमद्वारा जनतालाई शासनमा सहभागिता गराई उनीहरूको सर्वोत्तम हित हुने कार्य गर्दै जनताप्रति उत्तरदायी हुने शासन व्यवस्था नै लोकतान्त्रिक शासन व्यवस्था हो । त्यसैले लोकतान्त्रिक व्यवस्थाको लागि आवधिक निर्वाचन निर्विकल्प सर्तको रूपमा रहेको पाइने ।

आवधिक निर्वाचनको माध्यमद्वारा निर्वाचित प्रतिनिधिहरूबाट नागरिकले शान्ति, विकास, आर्थिक समृद्धि र जीवनस्तरमा सुधार जस्ता जायज अपेक्षाहरू राखेका हुन्छन् । जसलाई निर्वाचित जनप्रतिनिधिहरू मार्फत संबोधन हुन्छ भन्‍ने सम्बन्धमा पूर्ण आश्‍वस्त बन्नु उनीहरूको वैध अपेक्षा ९ीभनष्तष्mबतभ भ्हउभअतबतष्यल० नै हो । उनीहरूको त्यो वैध अपेक्षालाई पूरा गर्न तथा नागरिक अधिकारको सुनिश्‍चितताका लागि आवधिक निर्वाचनमा भाग लिन पाउने गरी संविधानले प्रत्याभूत गरेको आवधिक निर्वाचनको मिति तोक्नु तथा स्वतन्त्र र निष्पक्ष तवरले निर्वाचन सम्पन्‍न गराउनु राज्यको नागरिकप्रतिको कर्तव्य र दायित्व नै हुने ।

नेपालको संविधानको धारा ८३ मा प्रतिनिधी सभा र राष्ट्रिय सभाका दुई सदनसहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद्‌ भनिनेछ भन्‍ने उल्लेख गरेको छ । यस प्रावधानअनुसार संघीय व्यवस्थापिकाको पूर्णताका लागि राष्ट्रिय सभा हुनुपर्ने अनिवार्यता देखिन्छ । राष्ट्रिय सभाको निर्वाचन संघीय संसद्‌को पूर्णताको लागि अपरिहार्य रहेको भन्‍ने संविधानको धारा ८३ को अध्ययनबाट स्पष्‍ट हुन्छ भने धारा ८६ मा राष्ट्रिय सभाको गठन सम्बन्धमा व्यवस्था गरिएको पाइन्छ । राष्ट्रिय सभाको निर्वाचन सम्पन्‍न गर्न राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी ऐन निर्माण भई लागू हुनु अपरिहार्य हुने ।

फैसला

राष्‍ट्रपति तथा उपराष्‍ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक र राष्‍ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक मस्यौदा गरी व्यवस्थापिका संसद्‌मा पेस गरी अविलम्ब जारी गर्नु गराउनु भनी विपक्षीको नाउँमा परमादेश जारी हुने ठहर्छ ।

 Subscribe @ https://www.youtube.com/rakune

Law of Evidence प्रमाण कानून

प्रमाण र प्रमाण कानून भनेको के हो ?   What is evidence and evidence law ?
विवादलाई निष्कर्षमा पुर्याउन मद्दत गर्ने तथ्य प्रमाण हो । प्रमाणको संकलन, प्रकार, महत्व, दायित्व, ग्रहण, प्रभाव, ग्राह्यता र मुल्याङ्कनको सम्बन्धमा व्यवस्था भएको कानून प्रमाण कानून हो । यो न्यायिक जानकारी एवं अनुमान, साक्षीको कर्तव्य, अधिकार, परीक्षण र साबिती सम्बन्धि व्यवस्था भएको कार्यविधि कानूनको एक भाग हो ।


१। ठहर गर्नु पर्ने कुरा र सम्बद्ध कुरा (Facts in Issue and relevant Facts)
प्रमाण ऐन २०३१ दफा ३ ले ठहर गर्नुपर्ने र सम्वद्ध कुराको विषयमा वोलेको छ । तर स्पस्ट परिभाषा भने छैन् ।

ठहर गर्नुपर्ने कुरा (Facets in Issue) 
मुद्धाको चुरो कुरो जहाँ वाट विवाद सुरु भयो अर्थात विवाद तथ्य, जसको विषयमा न्याय मुर्तीहरुले फैसला गर्नु पर्ने हुन्छ । मुख नमिलेको विषय जसलाई एक पक्षले अदालतमा स्थापित गराउन प्रयत्न गर्छ भने आर्कोले स्थापित नगराउन प्रयत्न गर्दछ । विवाद तथ्यलाई प्रतिवादीको विरुद्धमा प्रमाणीत गर्नेे भार वादीको हुन्छ भने प्रतिवादीले आफ्नो प्रतिरक्षाका लागी प्रमाणित गर्न खोज्दछ । विवादको तथ्य स्थापित भए पश्चात  पक्ष र विपक्षहरु विच अधिकार एवं दायित्वको अवस्था सृजना हुन सक्छ ।

सम्वद्ध कुरा (Relevant Facts)
 ऐनको दफा ३ मा “सम्वद्ध कुरा भन्नाले मुद्धामा ठहर गर्नुपर्ने कुरालाई प्रमाणित गर्न वा खण्डन गर्न सहायता हुने कुरालाई सम्झनु पर्दछ ।” भन्ने व्यवस्था रहेको छ । सम्वद्ध तथ्य त्यो हो जसको विवाद तथ्यसंग सम्वद्धता हुन्छ र विवादलाई निष्कर्षमा पुर्याउन मद्दत गर्दछ ।

२। प्रमाण बुझ्न नपर्ने कुराहरु
कतिपय अवस्थामा अदालतले तथ्यहरुको सम्वन्धमा कुनै प्रमाण बुझ्न नपर्ने हुन्छ । यसको अर्थ त्यस्ता तथ्यहरु प्रकातिक रुपमा नै प्रमाणित हुने प्रकृतिका हुन्छन् । प्रमाण ऐन २०३१ को दफा ४ मा प्रमाण बुझ्न नपर्ने सम्वन्धि कुराहरु रहेका छन् ।

मुद्धाको एक पक्षले व्यक्त गरेको तथ्य आर्को पक्षले लिखित रुपमा स्वीकार गरेमा स्वीकार गरेका कुरा तर अदालतले आवश्यक देखेको खण्डमा प्रमाण बुझ्न पनि सक्छ । अर्थात कुनै पक्षले आफु विरुद्ध रहेको तथ्यलाई लिखित रुपमा स्वीकार गर्दछ भने त्यस्तो विषयमा प्रमाण बुझ्न आवश्यक पर्दैन तर अदालतलाई शंका लागेमा वा आवश्यक देखेमा प्रमाण बुझ्न पनि सक्छ ।

अदालत आफै न्यायिक जानकारी लिने कुराहरु,
अदालतले अनुमान गर्नुपर्ने कुराहरु,
अदालतले अनुमान गर्न हुने कुराहरु, तर यसमा अनुमान गर्नु पुर्व उक्त विषय संग सम्वन्धित अन्य तथ्यको विषयमा भने प्रमाण बुझ्न सक्दछ ।

३। अदालतले जानकारी लिने र अनुमान गर्ने कुराहरू (Judicial Notice and Presumption)

अदालतले जानकारी लिने कुरा (Judicial Notice)

मुद्धाको क्रममा कतिपय तथ्यहरुको विषयमा अदालत स्वयमले जानकारी लिन सक्छ । अदालतले जानकारी लिएका तथ्यहरुलाई प्रमाणीत गरी राख्नुपर्ने नै हुदैन । यस्ता न्यायिक जानकारीहरु विवाद रहित र सर्वमान्य हुन्छन् । अर्को अर्थमा भन्नुपर्दा विवादमा रहेको तथ्यको विषयमा अदालतले कुनै प्रमाण विना नै अस्तित्व स्वीकार गर्दछ भने त्यस क्रमम लिईएको जानकारी वा तथ्यहरु न्यायिक जानकारी हो । कतिपय न्यायिक जानकारीका विषयहरु अदालतका लागि बाध्यात्मक हुन्छन भने कतिपय स्वेस्छाका विषय हुन्छन् । प्रमाण ऐन २०३१ दफा ५ मा अदालतले न्यायिक जानकारी लिने विषयहरुको वारेमा व्यवस्था भएको छ ।

उपदफा १ मा अदालतले वाध्यात्मक रुपमा लिनुपर्ने न्यायिक जानकारीको विषयहरु उल्लेख भएको  छ जस अनुसार अदालतका निम्ति निम्न जानकारीहरु वाध्यात्मक रहेकाछन् ।
क. नेपालको इलाका
ख. नेपालको संविधान र कानून
ग. नेपालको राष्ट्रिय झण्डा
घ. राष्ट्रपतिको सपथ
ङ. विद्ययक प्रमाणीकरण मिति
च. नेपाल राजपत्रमा प्रकाशित सूचनाहरु
उपदफा २ मा अदालतले लिनसक्ने न्यायिक जानकरीको विषयमा उल्लेख भएको छ जस अनुसार अदालतले विवादको विषय हुन नसक्ने सामान्य ज्ञानको विषयमा न्यायिक जानकारी लिन हुन्छ भन्ने व्यवस्था छ । तर मुद्धाको कुनै पक्षले न्यायिक जानकारीको लागि अदालतमा अनुरोध गरेमा अदालतले उक्त पक्षलाई सो सम्वन्धमा प्रमाण पेश गर्न आदेश दिन सक्दछ र प्रमाणको विषयमा अदालत सन्तुष्ट नभए सम्म न्यायिक जानकारी लिनवाट इन्कार गर्न सक्दछ ।

अनुमान (Presumption)
अनुमान तथ्य माथिको धारणा हो जो अन्यथा प्रमाणित नहुन्जेल सम्म सत्य मानिन्छ । अनुमान शङ्कास्पद तथ्यको विषयमा गरीएको सकारात्मक वा नकारात्मक निस्कर्ष हो जो अन्यथा प्रमाणित नहुन्जेल सम्म अस्तित्वमा रहन्छ वा अन्यथा प्रमाणित भएमा प्रतिस्थापित हुन्छ ।

कानूनी अनुमान
कानूनी अनुमानले कानूनले निर्धारण गरे बमोजिम अदालतले गर्ने अनुमानलाई बुझाउदछ । कानूनी अनुमान प्रमाण ऐन २०३१ दफा ६ मा भएको व्यवस्थाहरु हुन । 

अखण्डनिय कानूनी अनुमान
कानूनले निश्चयात्मक रुपमा अनुमान गर्नुपर्ने तथ्यहरुको वारे वाध्यात्मक व्यवस्था गरेको हुन्छ । जुन व्यवहारिक रुपमा खण्डन गर्न सकिने भएता पनि कानूनी रुपमा अखण्डनिय हुन्छ । जस्तै कुनै १० वर्षको वच्चाले कुनै अपराधिक घटना घटाउन सक्छ । तर अदालतले कानून अनुसार उक्त वालकलाई दोषी मानोभावनाको अभावमा खतवात लाग्दैन भन्दछ ।  किनकी कानूनले अपराध प्रमाणित हुन अपराधिक कार्य र दोषी मनोभावना हुन अनिवार्य गर्दछ । 

खण्डनिय कानूनी अनुमान
खण्डनिय कानूनी अनुमान अन्यथा प्रमाणित नभए सम्म अस्तित्वमा रहन्छ ।

क. एकाघरका अंशियारहरु मध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनि अदालतले अनुमान गर्ने छ । अर्थात कानून बमोजिम अंशियार कायम रहेका व्यक्ति जो सुकैको नाममा सम्पत्ति भएता पनि सवैको वरावर भाग लाग्दछ भनि अदालतले अनुमान गर्दछ । हैन भनी दावि गर्नेले प्रमाणित गर्न पर्दछ ।

ख. दुई वा दुई भन्दा बढी व्यक्तिहरुको भोग वा चलनमा रहेको सम्पत्तिमा ती व्यक्तिहरु सवैको बराबर हक छ भनि अदालतले अनुमान गर्दछ । यदि दुई व्यक्ति मिलि सुरु भएको कुनै व्यवसायमा विवाद भई अदालतको कार्यक्षेत्र भित्र प्रवेश भएका अदालतले दुई विच वरावरको हिस्सा छ भनि अनुमान गर्दछ । यदि कुनै एकले आफ्नो बढि हिस्सा छ भनि दावी गर्दछ भने उसले प्रमाणित गर्ने जिम्मेवारी पनि उसैको हुन्छ ।

ग. कुनै अदालत वा सरकारी कार्यालयमा कानून राख्नुपर्ने स्याहा, श्रेस्ता वा काजगपत्रमा उल्लेखित गरिएको कुराहरु सही रुपमा उल्लेखित गरीएका कुराहरु सहि रुपमा उल्लेख गरिएका हुन भनि अदालतले अनुमान गर्ने छ । अदालत एवं सरकारी कार्यालयले कार्यसम्पादनको क्रममा गरेका कार्यहरु पद्धतीमा गरेका हुन्छन् । नियमित कार्य गर्दा तयार पारिएको कागजात समान्यतया भोली विवादको क्रममा प्रमाण रुपमा प्रयोग गर्न नियोजित ढङ्गले  नभई कर्तव्य पालनको क्रममा तयार पारिएको हुन्छ भनि अदालतले अनुमान गर्दछ ।

घ. विवाह भएको मितिवाट एक सय असी दिन पछि र पतिको मृत्यु वा वैवाहिक सम्वन्ध अन्त्य भएको मितिवाट दुई सय बहत्तर दिनभित्र जन्मिएको शिशु विवाहित पतिवाट जन्मिएको अनुमान अदालतले गर्ने छ । समान्यतया महिलाहरुको महिनावारी रोकिएको ४० हप्ता (२८०) मा बच्चालाई जन्म दिन्छन् तर विभिन्न कारणहरुले २८० दिन भन्दा अगाडि पनि बच्चाको जन्म हुन सक्छ । अदालतले वैवाहिक सम्बन्ध कायम भएको १८० पश्चात वा २५ हप्ता पश्चात जन्म भएको बच्चाको बाबु विवाहित पति भएको अनुमान गर्दछ भने यदि वैवाहिक सम्वन्ध अन्त्य भएको २७२ दिन भित्र जन्मिएको बच्चाको बाबु विवाहित पतिलाई नै अनुमान गर्दछ  ।

ङ. कुनै अदालत वा सरकारी कार्यालय वा अधिकारीबाट वा नपाल कानून बमोजिन अधिकार प्राप्त कुनै व्यक्तिवाट प्रकाशित भएको, तयार गरिएको वा प्रमाणित गरिएको भनि जनिएको लिखत सो अदालत, कार्यालय, अधिकारी वा व्यक्तिबाट प्रकाशित भएको वा तयार वा प्रमाणित गरिएको हो भनि अदालतले अनुमान गर्नेछ । निर्वाचन आयोगले निर्वाचन पश्चात गरेको घोषणामा व्यक्त भएको तथ्याङ्कलाई अदालतले सहि हो भनि अनुमान गर्दछ । कसैले अन्यथा हो भनि प्रमाणित नगरे सम्म सो प्रमाणको रुपमा अस्तित्वमा रहन्छ ।

च. कुनै विदेशी राज्यको सरकारबाट वा त्यस्तो सरकारबाट अधिकार प्राप्त अधिकारीबाट प्रकाशित भएको भन्ने जनिएको सो राज्यको कानून वा अदालतको निर्णय छापिएको पुस्तक वा पत्रिकामा प्रकाशित त्यस्तो कानून वा निर्णय सही रुपमा प्रकाशित भएका छन् भनि अदालतले अनुमान गर्नेछ ।

तथ्यगत अनुमान
मुद्धाको क्रममा अदालतको स्वेच्छाले तथ्यको विषयमा निर्धारण गर्ने धारणा तथ्यगत अनुमान हो । अदालतलाई कानूनी अनुमान जसरी तथ्यगत अनुमान गर्नैै पर्ने वाध्यता भने हुदैन । तथ्यगत अनुमान सदैव खण्डनिय हुन्छ । अन्यथा प्रमाणित हुदाँ तथ्यगत अनुमानको पनि अस्तित्व समाप्त हुन्छ । प्रमाण ऐन २०३१ को दफा ७ मा अदालतले गर्नहुने तथ्यगत अनुमानको विषयहरुमा उल्लेख भएको छ । 

क. कुनै व्यक्तिको साथमा चोरीको सम्पत्ति छ भने सो व्यक्तिले सम्पत्ति चोरेको वा चोरीको भन्ने जानाजानी खरीद गरेको हो भनि अदालत अनुमान गर्न सक्नेछ । तर त्यस्तो व्यक्तिले सो सम्पत्ति आफूकहाँ रहेको कुनै मनासिब कारण देखाएमा वा त्यस्ता व्यक्तिको व्यवसाय वा कारोवारको प्रकृतिको विचार गर्दा सो सम्पत्ति निजलो चोरीको हो भन्ने नजानेर पनि निजकोमा रहन सक्ने देखिएमा अदालतले त्यस्तो अनुमान गर्ने छैन । कुनै व्यक्तिको साथमा चारीको सम्पत्ति प्राप्त भयो भने अदालतले निजले उक्त सम्पत्ति चोरेको वा चारीको भन्ने थाहापाउदा पाउदै खरिद गरीएको भन्ने अनुमान गर्न सक्छ । उक्त व्यक्तिले उक्त सम्पत्ति चोरीको हैन वा चोरीको हो भन्ने थाहा नपाई खरिद गरेको वा रहन गएको हो भने प्रमाणित गर्न सक्नुपर्छ । अन्य कानून आर्कषित हुने नभएमा कसैले आफुले पाउनुपर्ने केहि सम्पत्तिको सट्टामा अन्य कुनै सम्पत्ति लिएको रहेछ र सो प्रमाणित गर्न सकेमा वा उक्त व्यक्ति पुरानो मालसामान खरिद बिक्री गर्ने व्यवसायी रहेको र निजले चोरी हो भन्ने थाहा नपाई खरिद गरेको देखिएमा भने अदालतले अनुमान नगर्न पनि सक्छ ।

ख. कुनै व्यक्तिको साथमा रहेको लिखत पेश गर्न निजलाई अदालतले आदेश दिंदा निजले पेश नगरेमा सो लिखत पेश भएको खण्डमा निजको विरुद्ध प्रमाण लाग्न सक्ने किसिमको छ भनि अदालतले अनुमान गर्न सक्नेछ । अदालतले तथ्यलाई केलाउने क्रममा पक्षहरुको साथमा रहेको भनिएको लिखतलाई पेश गर्न आदेश दिन सक्छ तर उक्त पक्षले सो पेश गरेन र पेश गर्न नसकेको कारण प्रमाणीत गर्ने सकेन भने उक्त लिखतमा निज विरुद्ध प्रमाण लाग्ने तथ्य छ भन्ने अनुमान अदालत गर्ने सक्छ ।

ग. कुनै घटना मानिसहरुको आचरण वा कारोवारको समान्य क्रम विचार गर्दा तर्कसंगत रुपमा अनुमान गर्न सकिने अन्य कुनै कुरा अदालतले अनुमान गर्न सक्नेछ । समान्य रुपमा हेर्दा तथ्य माथिको विश्लेषणमा घटना, मानिसहरुको आचरण वा कारोवारको क्रम हेर्दा अदालतले स्वभाविक अनुमान गर्न सक्दछ ।