निवेदक प्रेमराज भट्ट विरुद्ध अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौं समेत, मुद्दाः उत्पे्रषण, ने.का.प. २०७६, अंक २, पृष्ठ २५९, नि.नं. १०१९१ ।

 

अधिवक्ता तहको २९ औं परीक्षाको लागि निर्धारित नजीरहरूः

(आ) प्रशासनिक कानून

निवेदक प्रेमराज भट्ट विरुद्ध अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौं समेत, मुद्दाः उत्पे्रषण, ने.का.प. २०७६, अंक २, पृष्ठ २५९, नि.नं. १०१९१ ।

 

विषय-उत्प्रेषण

निवेदक - कञ्‍चनपुर जिल्ला, झलारी पिपलादी नगरपालिका वडा नं। ९ बस्ने प्रेमराज भट्ट

विरूद्ध

विपक्षी - माननीय अर्थ मन्त्री, अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा

 

आदेश मिति २०७५।३।१२

सम्बद्ध कानून

राष्ट्रिय बिमा संस्थान ऐन, २०२५

 

निवेदकको माग दावी

निवेदकलाई राष्ट्रिय बिमा संस्थान ऐन, २०२५ को दफा ६९१० र ९२० बमोजिम नेपाल सरकार ९माननीय मन्त्रीस्तर० को मिति २०७२।१२।३ को निर्णयानुसार ३ वर्ष अवधिको लागि राष्ट्रिय बिमा संस्थानको सञ्‍चालक पदमा नियुक्त गरी सहायक प्रशासकको समेत कामकाज गर्ने गरी तोकिएको र  कार्यकाल मिति २०७५।१२।३ सम्म रहेकोमा  नेपाल सरकार ९माननीय मन्त्रीस्तर० को मिति २०७३।७।१२ को निर्णयानुसार सहायक प्रशासकको पदको जिम्मेवारीबाट हटाइने गरी भएको कार्यले पेसा रोजगारको हकमा प्रत्यक्ष असर परेको ।

उक्त निर्णयबाट नेपालको संविधानको धारा १७९२० ९च०, १८९१०, २० ९८० ९९०, ३३ र राष्ट्रिय बिमा संस्थान ऐन, २०२५ को दफा ६९१० ९२० तथा दफा ९ ले प्रदान गरेको संवैधानिक एवम् कानूनी हक अधिकारको बर्खिलाप हुने गरी भएको मिति २०७३।७।१२ को नेपाल सरकार ९मा। मन्त्रीस्तर० को निर्णय सो निर्णयका आधारमा मलाई दिएको सोही मितिको पत्र तथा विपक्षी सुरेन्द्र थापालाई सोही पदमा नियुक्त गरिएको सम्पूर्ण काम कारबाही उत्प्रेषणको आदेशले बदर गरी उक्त पदमा विपक्षी सुरेन्द्र थापालाई कामकाज नगर्नु, नगराउनु तथा म निवेदकलाई सो पदमा यथावत् कायम राखी कामकाज गर्न दिनु भनी अन्तरिम आदेशसहितको परमादेशको आदेश जारी गरिपाउँ ।

 

 

सिद्धान्त

राष्ट्रिय बिमा संस्थान ऐन, २०२५ मा स्पष्ट रूपमा पदावधि नतोकिएको अवस्थामा जुन निकायले जुन तरिकाले जिम्मेवारी दिने अधिकार राख्दछ, सोही निकायले सोही तरिकाले जिम्मेवारीबाट हटाउन सक्ने हैसियत राख्ने ।

अर्को व्यवस्था नभएसम्मका लागि भनी दिइएको तदर्थ प्रकृतिको जिम्मेवारीबाट हटाउन सुनुवाइको मौका दिई रहनु आवश्‍यक नहुने ।

 

फैसला

राष्ट्रिय बिमा संस्थान ऐन, २०२५ को दफा ६९२० मा पदावधि तोकिएको संस्थानको सञ्‍चालकको जिम्मेवारीबाट यी निवेदकलाई मुक्त गरिएको नदेखिएको, ऐनमा स्पष्ट रूपमा सहायक प्रशासकको पदावधि नतोकिएको, निवेदकलाई सञ्‍चालकको पदमा नियुक्ति दिँदाको अवस्थामा नै अर्को व्यवस्था नभएसम्मको लागि भनी तदर्थ रूपमा अस्थायी प्रकृतिबाट सहायक प्रशासकको समेत जिम्मेवारीसम्म तोकिएको देखिएको र सहायक प्रशासकको पदमा मिति २०७३।७।१२ मा विपक्षी सुरेन्द्र थापालाई तोकी निवेदकलाई सो पदको जिम्मेवारीबाट सम्म हटाएको देखिएकोले निवेदन मागबमोजिमको आदेश जारी गर्नु पर्ने अवस्था देखिएन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ ।

Subscribe @ https://www.youtube.com/rakune

No comments:

Post a Comment