पुनरावेदक/प्रतिवादीः लक्ष्मीसरा सुनुवार राई विरुद्ध ओमबहादुर सुनुवार मुद्दाः अंश चलन, ने.का.प. २०७६, अंक ५, पृष्ठ ८९५, नि.नं. १०२५६ ।

 

 Subscribe @ https://www.youtube.com/rakune



अधिवक्ता तहको २९ औं परीक्षाको लागि निर्धारित नजीरहरूः

मिसिल अध्ययन र अभ्यास


पुनरावेदक/प्रतिवादीः लक्ष्मीसरा सुनुवार राई विरुद्ध ओमबहादुर सुनुवार मुद्दाः अंश चलन, ने.का.प. २०७६, अंक ५, पृष्ठ ८९५, नि.नं. १०२५६ ।

विषय – अंश चलन

 

पुनरावेदक / प्रतिवादी  ओमबहादुरको बुहारी सूर्यराम सुनुवारको श्रीमती ओखलढुङ्गा जिल्ला खिजी चण्डेश्वरी गाउँ विकास समिति वडा नं।५ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं। ३५ बस्ने लक्ष्मीसरा सुनुवार राई

विरूद्ध

प्रत्यर्थी / वादी  मानबहादुरको नाति पदमबहादुरको छोरा ओखलढुङ्गा जिल्ला खिजी चण्डेश्वरी गाउँ विकास समिति वडा नं। ५ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं। ३५ बस्ने ओमबहादुर सुनुवार

 

 

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना

 

सुरू फैसला गर्ने न्यायाधीश

श्री विष्णुप्रसाद उपाध्याय

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहको फैसला

माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी

मा। न्यायाधीश श्री अब्दुल अजिज मुसलमान

पुनरावेदन अदालत, पाटन

यस अदालतबाट फैसला गर्ने

माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे

मा। न्यायाधीश श्री प्रकाशमान सिंह राउत

 

सम्बद्ध कानून

प्रमाण ऐन, २०३१

 

 

फैसला मिति २०७६।२।१६

 

 

निवेदकको माग दावी

म वादी र मेरी श्रीमती स्व। खड्गमायाको सम्बन्धबाट जन्मेका ४ छोरामा जेठो चन्द्रकान्त सुनुवार, माहिलो ताराराम सुनुवार, साहिलो सूर्यराम सुनुवार र कान्छो बृहस्पती सुनुवार र छोरीहरू जेठी खिनमाया सुनुवार र कान्छी पदमकुमारी सुनुवार भएकोमा म फिरादी, अविवाहित छोरी खिनमाया सुनुवार र विपक्षी छोरा सूर्यराम सुनुवार एकासगोलमा रही बसेको र अन्य छोराहरू पहिले नै छुट्टी भिन्न भई बसेका छन् । हामी एकासगोलका अंशियारहरूबिच अंशबन्डा भएको छैन । अंशबन्डा गर्नुपर्ने सम्पूर्ण चल अचल श्रीसम्पत्ति विपक्षीहरूकै जिम्मा रहेको छ । विपक्षी छोरा बुहारीले वृद्ध अवस्थामा भएको म फिरादीलाई आफ्नो इज्जत आमदअनुसार खान लाउन नदिई गाली गलौज गरी घरबाट निकाला गरेकोले मुलुकी ऐन, अंशबन्डाको महलको २०, २१, २२, २३ र २४ नं। बमोजिम विपक्षी प्रतिवादीहरूबाट तायदाती फाँटवारी मगाई फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्तिलाई ३ भाग लगाई ३ भागको एकभाग म फिरादीको अंश छुट्टयाई अदालतबाटै चलनसमेत चलाई पाउँ भन्नेसमेत बेहोराको वादीको मुख्य फिराद दाबी ।

 

सिद्धान्त

सगोलको सम्पत्ति भन्नाले पुर्खौलीबाट प्राप्त सम्पत्ति वा पैतृक सम्पत्ति, निजी सम्पत्तिबाहेकको अंशियारको नाममा रहेको सम्पत्ति र सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएकोलाई बुझाउँछ भने निजी सम्पत्तिभित्र कस्तो सम्पत्ति पर्दछ भनी हेर्दा सगोलको सम्पत्ति वा सगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट बढे बढाएको वा आर्जन गरेको सम्पत्तिबाहेक अन्य कुनै अंशियारले आफ्नो ज्ञान, सिप वा प्रयासबाट निजी आर्जन गरेको सम्पत्तिलाई सम्झनु पर्ने ।

अर्कालाई हक छोडी दिइसकेको सम्पत्तिको बारेमा दाताले पहिला आफूले व्यक्त गरेको कुरामा अन्यथा कुरा भन्दैमा त्यस्तो भनाइलाई आधार मानी प्रतिवादीको विरूद्धमा प्रमाणमा लिन नमिल्ने ।

 

जिल्ला अदालतको फैसला

वादीले तायदाती फाँटवारीमा उल्लिखित सम्पूर्ण घर जग्गाबाट ६ भागको १ भाग अंश वादीले प्रतिवादीबाट प्राप्त गरी चलनसमेत पाउने ठहर्छ । ३ भागको १ भाग अंश पाउँ भन्ने वादी दाबी सो हदसम्म पुग्न सक्तैन भन्ने सुरू काठमाडौं जिल्ला अदालतको फैसला ।

 

पुरनावेदन अदालतको फैसला

मिसिल संलग्न आधार प्रमाणबाट तायदाती फाँटवारीमा उल्लिखित सम्पूर्ण घरजग्गाबाट ६ भागको १ भाग अंश वादीले प्रतिवादीबाट प्राप्त गरी चलनसमेत पाउने ठहराई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७२।९।७ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०७३।४।१८ को फैसला ।

 

सम्युक्त इजलासमा मा. न्यायाधीसहरुको राय

पुनरावेदक प्रतिवादीले आफ्नो नाममा भएको आफ्नो श्रीमान्‌बाट बकस पाएको सम्पत्ति बन्डा लाग्ने होइन भन्ने जिकिर लिए तापनि निजले जुन स्रोतबाट पाएको हो सो स्रोतका दाताले नै उक्त सम्पत्तिलाई सगोलकै सम्पत्ति हो भनी स्वीकार गरेको र प्रमाण ऐन, २०३१ को दफा ६९क० ले एकासगोलका जुनसुकै अंशियारको नाउँमा रहेको सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म सगोलको भनी अनुमान गर्नुपर्ने हुँदा यी वादी प्रतिवादीसमेत सगोलकै अंशियार रहेको अवस्थामा मुलुकी ऐन, अंशबन्डाको १८नं। को कानूनी व्यवस्थाबमोजिम निजका नामको सम्पत्ति एकासगोलको पतिबाट हालैदेखिको बकसपत्रबाट पाएको सम्पत्ति सबै अंशियारमा बन्डा लाग्ने नै देखिँदा पुनरावेदक प्रतिवादी लक्ष्मीसरा सुनुवार राईका नामको कि।नं। १९१ को घरजग्गा सम्पत्ति बन्डा लाग्ने होइन भन्ने पुनरावेदन जिकिर तथा विद्वान्‌ कानून व्यवसायीको बहस जिकिरसँग सहमत हुन सकिएन । सम्पूर्ण घरजग्गाबाट ६ भागको १ भाग अंश वादीले प्रतिवादीबाट प्राप्त गरी चलनसमेत पाउने ठहर्‍याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७२।९।७ मा भएको फैसला सदर हुने ठहर्‍याई भएको पुनरावेदन अदालत पाटनको मिति २०७३।५।१४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरेको राय ।

पुनरावेदक प्रतिवादी लक्ष्मीसराले आफ्ना पतिको निजी आर्जनको कि।नं।१९१ को घर जग्गाको सम्पत्ति बकसपत्रमार्फत प्राप्‍त गरेको र उक्त कि।नं। १९१ को सम्पत्ति र अंशबन्डाको १८ नं। र माथि उल्लिखित नजिर सिद्धान्तसमेतको आधारमा निजको आफूखुस गर्न पाउने प्रकृतिको सम्पत्ति भएकोमा विवाद नदेखिँदा कि।नं। १९१ को घर जग्गा सगोलको ठहर्‍याई सबै अंशियारमा बन्डा लाग्ने ठहराएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मनासिब ठहराएको माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरेको रायसँग सहमत हुन नसकी उक्त कि।नं। १९१ को घर जग्गा सम्पत्ति पुनरावेदक प्रतिवादी लक्ष्मीसरा राईले आफूखुस एकलौटी गर्न पाउने प्रकृतिको भई बन्डा नलाग्ने ठहर्ने हुँदा यो छुट्टै राय व्यक्त गरेको छु । प्रस्तुत मुद्दाको लगत काटी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३९२०९क० बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलाससमक्ष पेस गर्नु भन्ने माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउतको राय ।

 

फैसला

 विवेचित आधार, कारणसमेतबाट सुरू काठमाडौं जिल्ला अदालतबाट कि।नं।१९१ को घर जग्गासमेत सगोलको ठहर्‍याई सबै अंशियारमा बन्डा लाग्ने ठहराएको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०७३//१८ मा भएको फैसला मिलेको देखिएन । तसर्थ विवादित कि।नं। १९१ को घर जग्गासमेत बन्डा लाग्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नदेखिँदा उल्टी भई कि।नं। १९१ को घर जग्गा निजी आर्जन भन्ने देखिँदा माननीय न्यायाधीश प्रकाशमान सिंह राउतको राय सदर हुने ठहर्छ ।

 Subscribe @ https://www.youtube.com/rakune

No comments:

Post a Comment