पुनरावेदक/प्रतिवादीः धर्मप्रसाद घिमिरेको जाहेरीले नेपाल सरकार विरुद्ध विपक्षी/वादी विष्णु याख्खा (राई) भन्ने विष्णुकुमार याख्खा राईसमेत मुद्दाः कर्तव्य ज्यान, ने.का.प. २०७६, अंक ४, पृष्ठ ७९९, नि.नं. १०२४६

  Subscribe @ https://www.youtube.com/rakune



अधिवक्ता तहको २९ औं परीक्षाको लागि निर्धारित नजीरहरूः

मसिल अध्ययन र अभ्यास

 

पुनरावेदक÷प्रतिवादीः धर्मप्रसाद घिमिरेको जाहेरीले नेपाल सरकार विरुद्ध विपक्षी÷वादी विष्णु याख्खा (राई) भन्ने विष्णुकुमार याख्खा राईसमेत मुद्दाः कर्तव्य ज्यान, ने.का.प. २०७६, अंक ४, पृष्ठ ७९९, नि.नं. १०२४६

 

विषय – कर्तव्य ज्यान

 

पुनरावेदक ÷ वादी जिल्ला झापा दमक न।पा। वडा नं। १३ बस्ने धर्मप्रसाद घिमिरेको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी ÷ प्रतिवादी जिल्ला मोरङ डागीहाट गा।वि।स। वडा नं। ४ भाउने चौक बस्ने विष्‍णु याख्खा -राई_ भन्‍ने विष्‍णुकुमार याख्खा राईसमेत

 

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री मीरा खडका

माननीय न्यायाधीश श्री तेजबहादुर के।सी

 

सुरू तहमा फैसला गर्ने

माननीय न्यायाधीश श्री इन्द्रबहादुर कार्की

मोरङ जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने

माननीय न्यायाधीश श्री रमेशकुमार पोखरेल

पुनरावेदन अदालत विराटनगर

रायबाझी फैसला गर्ने

माननीय न्यायाधीश श्री कुमार चुडाल

माननीय न्यायाधीश श्री अग्नीप्रसाद थपलिया

पुनरावेदन अदालत विराटनगर

 

सम्बद्ध कानून

प्रमाण ऐन, २०३१

 

 

फैसला मिति २०७५।३।६

जाहेरी दरखास्त

मिति २०६२।११।१८ गते विष्णु याख्खा राई भन्‍ने विष्णुकुमार याख्या राई, नरेश भन्‍ने कृष्णकुमार याख्खा, दुर्गा लिम्बू र दिपेन्द्र भन्‍ने भुपाल तामाङले मेरो भतिजो भुपेन्द्र घिमिरेलाई धारिलो हतियार खुकुरी, लाठीसमेत प्रयोग गरी कुटपिट गरी सख्त घाइते बनाई निजको उपचारको क्रममा मृत्यु भएकोले निज प्रतिवादीहरूलाई पक्राउ गरी कारबाही गरिपाउँ

अभियोग पत्र

मिति २०६२।११।१८ गते विष्णु याख्खा राई भन्‍ने विष्णुकुमार याख्या राई, नरेश भन्‍ने कृष्णकुमार याख्खा, दुर्गा लिम्बू र दिपेन्द्र भन्‍ने भुपाल तामाङले भुपेन्द्र घिमिरेलाई धारिलो हतियार खुकुरी, लाठीसमेत प्रयोग गरी कुटपिट गरी सख्त घाइते बनाई निजको उपचारको क्रममा मृत्यु भएकोले भुपेन्द्र घिमिरेलाई निज अभियुत्तहरुले कर्तव्य गरी मृतकलाइ मारी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं। र १३-_  विपरित अपराध गरेको हुनाले निज अभियुत्तहरुलाइ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं। र १३-_ नं। को कसुरमा सोही महलको १३-_ नं। बमोजिम सजाय गरिपाउँ ।

 

सिद्धान्त

टुक्रिएका र खण्डित भएका घटना र वारदातका तथ्य र प्रमाणहरूलाई अनुमानको आधारमा फौजदारी कानून एवं न्यायको प्रमाण मूल्याङ्कनका सिद्धान्त र अवधारणाबाट पर गएर अदालतले जबरजस्ती रूपमा प्रमाणहरू जोडेर कसैलाई पनि सजाय गर्न नसक्ने ।

घटना र वारदातसँग प्रत्यक्ष रूपमा प्रभावित व्यक्ति एवं पीडित स्वयम् वा निजका परिवारले कसुरदारलाई नै उन्मुक्ति दिएर अदालतमा आफ्नो कथन र अभिव्यक्त गरिदिएको र अन्य भौतिक एवं स्वतन्त्र प्रमाण र परीक्षण प्रतिवेदनहरूले घटना, वारदात र सोमा कसुरदारको संलग्नतालाई पुष्टि नगरेको अवस्थामा अदालतले पनि शंका र अनुमानको आधारमा कसैलाई पनि सजाय गर्न नमिल्ने ।

 

जिल्ला अदालतको फैसला

मिति २०६९।६।२ को फैसला

प्रतिवादी विष्णुकुमार याख्खाले मृतकलाई कर्तव्य गरी मारेकोमा साबित रहेको, इन्कारी बयान निजको साक्षी प्रमाणबाट पुष्टि नभएको, वारदातमा यी प्रतिवादी सामेल भई हतियार छाडेको भनी सनाखत गरी कागजसमेत गरेकोबाट यी प्रतिवादीले कसुर अपराध गरेको देखिएकोले निज प्रतिवादी विष्णुकुमार याख्खा राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३-_ नं। बमोजिम जन्मकैदको सजाय हुने ठर्हछ ।

 

मिति २०७०।१।२४ को फैसला

प्रतिवादीहरू कृष्णकुमार याख्खा, दिपेन्द्र भन्‍ने भुपाल तामाङ र दुर्गा लिम्बू वारदातमा संलग्न भई वारदात भएको भन्‍ने वादी पक्षबाट पुष्टि गर्न सकेको नदेखिँदा आरोपित कसुर अपराधमा यी प्रतिवादीहरूले सफाइ पाउने ठर्हछ ।

 

पुरनावेदन अदालतको फैसला

प्रतिवादीहरू नरेश भन्‍ने कृष्णकुमार याख्खा, दुर्गा लिम्बू र दिपेन्द्र भन्‍ने भुपाल तामाङलाई अभियोग मागदाबीबाट सफाइ दिने ठहर गरेको सुरू जिल्ला अदालतको फैसला सदर हुने र प्रतिवादी विष्णु याख्खा भन्‍ने विष्णुकुमार याख्खा राईको हकमा जन्मकैदको सजाय हुने ठहर गरेको सुरू फैसला सदर हुने राय व्यक्त गरी माननीय न्यायाधीश श्री अग्निप्रसाद थपलियाले र सुरूको फैसला उल्टी गरी प्रतिवादी विष्णुकुमार याख्खा राईले अभियोग मागदाबीबाट सफाइ पाउने राय व्यक्त गरी माननीय न्यायाधीश श्री कुमार चुडालले राय बाझी फैसला गरेकोले तेस्रो माननीय न्यायाधीश श्री रमेशकुमार पोखरेलको इजलासमा पेस हुँदा प्रतिवादी विष्णुकुमार याख्खा राईलाई अभियोग मागदाबीबाट सफाइ दिने ठहर गरेको माननीय न्यायाधीश कुमार चुडालले व्यक्त गरेको राय सदर हुने ठर्हछ ।

 

 

फैसला

विवेचित आधार र कारणहरूबाट प्रतिवादीहरू नरेश भन्‍ने कृष्णकुमार याख्खा, दुर्गा लिम्बू र दिपेन्द्र भन्‍ने भुपाल तामाङले आरोपित कसुरबाट सफाइ पाउने ठहर गरी सुरू मोरङ जिल्ला अदालतबाट मिति २०७०।१।२४ मा भएको फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०७१।१।२८ को फैसला र प्रतिवादी विष्णु याख्खा राई भन्‍ने विष्णुकुमार याख्या राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३-_ नं। बमोजिम जन्मकैदको सजाय हुने ठहर गरेको सुरू मोरङ जिल्ला अदालतको मिति २०६९।६।२ को फैसला उल्टी गरी निज प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरेको माननीय न्यायाधीश श्री कुमार चुडालको मिति २०७१।१।२८ को राय सदर हुने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०७१।७।२३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

 Subscribe @ https://www.youtube.com/rakune

1 comment:

  1. Sir could send me sample of jaheri,punarabedan patra and bahas note

    ReplyDelete