मौलिक हक



मौलिक हक

राज्यको नागरिक भएको कारणले मात्र नै पनि प्राप्त हुनुपर्ने आधारभुत वा मुल अधिकारहरु नै मौलिक हक हुन । मौलिक हक व्यक्तिको नैसर्गिक अधिकार हो । जुन विश्वव्यापी मानवअधिकारको आधारभुत सिद्धान्तहरुको आधारमा नागरिकको संरक्षण र कल्याणको लागि विना भेदभाग उपभोग गर्न पाउने गरी संविधान र कानुनमा सुरक्षित गरिएको हुन्छ ।

आर्को तर्फ उन्नत लोकतन्त्रको अपरिहार्य तत्वको रुपमा रहेको मौलिक हकहरु कानुनी राज्य, कानुनी शासन, शुसासनको सूचकको रुपमा पनि रहेको हुन्छ । मौलिक हकहरुलाई कानूनद्धारा संरक्षित र न्यायपालिका द्धारा लागु एवं सुरक्षा प्रदान गरिएको हुन्छ । 


सामान्य अवस्थामा मौलिक हकहरु निलम्वित वा प्रतिवन्धित हुदैनन् तर राज्यमा संकटकालिन अवस्था घोषणा भएको अवस्थामा भने केहि मौलिक हकहरु निलम्वित भने हुन सक्छन ।


समर्गमा मानिसको रुपमा प्राप्त गर्नुपर्ने अधिकारहरुलाई कानूनी रुपमा नै व्यवस्था, संरक्षण, सुरक्षा एवं लागु गराउनु राज्यको आधारभुत दायित्व हो । नेपालको संविधान २०७२ को भाग ३ मा धारा १६ देखि ४६ सम्म मौलिक हकहरुको व्यवस्था गरिएको छ ।



मौलिक हकहरुको विषयमा सम्पुर्ण नेपालीहरु जानकार रहनुपर्छ । अझ विद्यार्थीहरुको लागि मौलिक हकहरुको विषयमा जान्नु परीक्षाको दृश्टीकोणले पनि अत्यन्त महत्वपुर्ण हुन्छ ।











No comments:

Post a Comment