पुनरावेदक/प्रतिवादी वेदबहादुर मगर विरुद्ध विपक्षी/वादीः परिवर्तित नाम बालाजु (घ) को जाहेरीले नेपाल सरकार मुद्दाः मानव बेचविखन तथा ओसार पसार, ने.का.प. २०७६, अंक २, पृष्ठ २५१, नि.नं. १०१९० ।

  Subscribe @ https://www.youtube.com/rakune

अधिवक्ता तहको २९ औं परीक्षाको लागि निर्धारित नजीरहरूः

प्रमाण कानून

 पुनरावेदक/प्रतिवादी वेदबहादुर मगर विरुद्ध विपक्षी/वादीः परिवर्तित नाम बालाजु (घ) को जाहेरीले नेपाल सरकार मुद्दाः मानव बेचविखन तथा ओसार पसार, ने.का.प. २०७६, अंक २, पृष्ठ २५१, नि.नं. १०१९० ।

 

विषय-मानव बेचबिखन तथा ओसारपसार

 

पुनरावेदक /प्रतिवादी - रामेछाप जिल्ला, गोठगाउँ गा।वि।स।, वडा नं। ६ गोठपानी घर भई हाल कारागार कार्यालय, रसुवा, धुन्चेमा कैदमा रहेको वेदबहादुर मगर

विरूद्ध

विपक्षी - वादी  परिवर्तित नाम बालाजु घ को जाहेरीले नेपाल सरकार

 

पुनरावेदक / प्रतिवादी - नुवाकोट जिल्ला, नर्जामण्डप गा।वि।स।, वडा नं। ३ घर भई हाल मध्यमाञ्‍चल क्षेत्रीय कारागार कार्यालय भिमफेदी, मकवानपुरको कैदमा रहेको समिर भन्‍ने वीरे तामाङ

विरूद्ध

विपक्षी र वादी - परिवर्तित नाम बालाजु घ को जाहेरीले नेपाल सरकार

 

 

सर्वोच्‍च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री तेजबहादुर के।सी।

सुरू तहमा फैसला गर्ने

माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ

काठमाडौं जिल्ला अदालत, काठमाडौं

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री टिकाबहादुर हमाल

माननीय न्यायाधीश श्री सत्यराज गुरूङ

पुनरावेदन अदालत पाटन

 

 

 

सम्बद्ध कानून

मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४

फैसला मिति-२०७५।९।२३

 

 

निवेदकको माग दावी

२०६५ साल वैशाखदेखि काठमाडौंमा बसी आएकी, गाउँको श्याम भन्‍नेको डेरा पनि त्यहीँ भएको, श्यामलाई भेट्न समिर भन्‍ने वीरे तामाङ आई रहने गरेको, निजले मलाई सामान ओसारपसार गर्न बोर्डरमा गएमा एकपटकमा रू।३०,०००।( पाइन्छ भनी प्रलोभनमा पारेको, निजको विश्‍वासमा परी वेदबहादुरसमेतले मलाई काठमाडौंबाट, बुटवल सुनौली हुँदै भारतको पुनामा लगी बिक्री गरेकोमा त्यहाँबाट म भाग्न सफल भई यो जाहेरी दिएकी छु । प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसारमा कारबाही गरिपाउँ भन्‍ने जाहेरी दरखास्त तथा सोही बेहोराको निज जाहेरवाली तथा पीडित परिवर्तित नाम बालाजु घ को बयान ।

सिद्धान्त

प्रमाणित बयान आफैँमा एक महत्त्वपूर्ण प्रमाणको रूपमा रहे तापनि सो बयान अन्य प्रमाणबाट समर्थित हुनु पर्ने अनिवार्यता देखिन्छ । तसर्थ, पीडितको बयान अदालतबाट प्रमाणित भएको अवस्थामा मुद्दाको कारबाहीको सिलसिलामा पीडित अदालतमा उपस्थित नभएमा सो प्रमाणित बयानलाई कसुरदार कायम गर्ने प्रयोजनार्थ महत्त्वपूर्ण प्रमाण भए तापनि त्यसलाई अकाट्य प्रमाण (irrefutable evidence) अथवा एकल निर्णायक प्रमाण (conclusive evidence) को रूपमा अदालतले ग्रहण गर्न मिल्ने नदेखिने ।

जिल्ला अदालतको फैसला

प्रतिवादीहरूले जाहेरवाला एवं पीडितलाई विदेशमा बिक्री गर्न लगी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को १५(१) को (ङ) (१) अन्तर्गतको कसुर गरेको देखिँदा निजहरूलाई वारदातको स्वरूप, प्रकृति, परिस्थिति एवं कसुरको मात्राको आधारमा ऐ। ऐनको दफा १५(१) को (ङ) (१) अनुसार जनही १० वर्ष कैद र रू।६०,०००।( जरिवाना हुने, साथै पीडित एवं जाहेरवालीले प्रतिवादीहरूबाट रू।८०,०००।( क्षतिपूर्ति भराई पाउने ठहर्छ । प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)  ऐन, २०६४ को दफा दफा १५(१) (क) बमोजिम हदैसम्म सजाय गरिपाउँ भन्‍नेसम्म वादी नेपाल सरकारको अभियोग दाबी नपुग्ने ठहर्छ भन्‍नेसमेत बेहोराको मिति २०६७।०१।२७ को काठमाडौं जिल्ला अदालतको फैसला ।

 

पुनरावेदन अदालतको फैसला

प्रतिवादीहरूले जाहेरवाला एवं पीडित बालाजु ९घ० लाई विदेश भारतमा बेच्नको लागि लगी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१) को (ङ) (१) अन्तर्गतको कसुर गरेको देखिन आयो । तसर्थ सुरू जिल्ला अदालतले निज प्रतिवादीहरूले पीडित जाहेरवालीलाई विदेशमा बिक्री गर्नको लागि लगेको स्वरूप प्रकृति एवं परिस्थिति र प्रतिवादीहरूको कसुरको मात्राको आधारमा प्रतिवादीहरू वेदबहादुर मगर र समिर भन्‍ने वीरे तामाङलाई मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ को दफा १५(१) को (ङ) (१) अनुसार जनही १०९दश० वर्ष कैद र रू।६०,०००।– जरिवाना गर्ने र पीडित जाहेरवालीले प्रतिवादीहरूबाट रू।८०,०००।– क्षतिपूर्ति भराई पाउने र दफा दफा १५(१) (क) बमोजिम हदैसम्म सजाय गरिपाउँ भन्‍नेसम्म वादी नेपाल सरकारको अभियोग दाबी नपुग्ने ठहराई गरेको इन्साफ मिलेकै देखियो । अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिर र अभियोग माग दाबीबमोजिम प्रत्यर्थी प्रतिवादीहरूलाई हदैसम्म सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । तसर्थ, यसमा काठमाडौं जिल्ला अदालतबाट मिति २०६७।०१।२७ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०६९।०३।२६ मा भएको फैसला ।

 

 

फैसला

प्रतिवादीहरू अधिकारप्राप्त अधिकारीसमक्ष तथा अदालतमा बयान गर्दा कसुरमा पूर्ण रूपमा इन्कार रही बयान गरेको देखियो । सोही बयान बेहोरालाई समर्थन हुने गरी प्रतिवादीहरूका साक्षी भक्तबहादुर लामासमेतले सुरू अदालतमा बकपत्र गरेको देखियो । पीडित जाहेरवालीलाई सुरू अदालतको आदेशबमोजिम अदालतमा आई बकपत्र गर्नका निम्ति म्याद जारी भई रीतपूर्वक घरदैलोमा तामेल हुँदासमेत अदालतमा उपस्थित भई जाहेरी बयानलाई पुष्टि गर्न सकेको देखिँदैन । यसरी प्रस्तुत मुद्दामा कारबाहीको सिलसिलामा पीडित बकपत्रको लागि अदालतमा उपस्थित नभएको अवस्था तथा पीडितको प्रमाणित बयान मिसिल संलग्न अन्य निर्विवाद प्रमाणहरूबाट पर्याप्त समर्थित हुन नसकेको अवस्थामा सोही प्रमाणित बयानलाई मात्र निर्णायक प्रमाण मानी कसुरदार ठहर्‍याउनु न्याय र कानूनको रोहमा मनासिब देखिन आएन ।  

तसर्थ, उल्लिखित आधार, कारण र प्रमाणसमेतबाट पीडितको जाहेरी बेहोरा तथा प्रमाणित बयानलाई समर्थन गर्ने अन्य प्रमाण मिसिलबाट नदेखिएको, प्रतिवादीहरूको इन्कारी बयान तथा सोलाई समर्थन गर्ने गरी निजका साक्षीहरूले अदालतमा गरेको बकपत्रबाट यी प्रतिवादीहरूलाई कसुरदार मान्‍न मिल्ने देखिन आएन । यस अवस्थामा प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार जनही १० (दश) वर्ष कैद र रू।६०,०००।– ९साठी हजार रूपैयाँ० जरिवाना हुने, साथै पीडित एवं जाहेरवालीले प्रतिवादीहरूबाट रू।८०,०००।– (असी हजार रूपैयाँ) क्षतिपूर्ति भराई पाउने ठहराई काठमाडौं जिल्ला अदालतबाट मिति २०६७।०१।२७ मा भएको फैसला सदर हुने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६९।०३।२६ मा भएको फैसला मिलेको नदेखिँदा सो फैसला उल्टी भई प्रतिवादीहरू वेदबहादुर मगर र समिर भन्‍ने वीरे तामाङले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ ।

 Subscribe @ https://www.youtube.com/rakune 

No comments:

Post a Comment