निवेदक सुनिलकुमार अधिकारी विरुद्ध भूमिसुधार कार्यालय, काठमाडौंसमेत मुद्दाः उत्प्रेषण÷परमादेश, ने.का.प. २०७६, अंक ४, पृष्ठ ८७४, नि.नं. १०२५४ ।

 

 Subscribe @ https://www.youtube.com/rakune

अधिवक्ता तहको २९ औं परीक्षाको लागि निर्धारित नजीरहरूः

प्रमाण कानून

निवेदक सुनिलकुमार अधिकारी विरुद्ध भूमिसुधार कार्यालय, काठमाडौंसमेत मुद्दाः उत्प्रेषण÷परमादेश, ने.का.प. २०७६, अंक ४, पृष्ठ ८७४, नि.नं. १०२५४ ।

विषय- उत्प्रेषण र परमादेश

 

पुनरावेदक / निवेदक - काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका वडा नं।८ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं।१४ कुलेश्‍वरमा डेरा गरी बस्ने सुनिलकुमार अधिकारी

विरूद्ध

प्रत्यर्थी / विपक्षी - भूमिसुधार कार्यालय, काठमाडौंसमेत

 

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी

मोही लगत कट्टाको निर्णय गर्नेः

भूमिसुधार अधिकारी

भूमिसुधार कार्यालय, काठमाडौं

रिट निवेदनमा आदेश गर्नेः

माननीय न्यायाधीश श्री कुमार चुडाल

माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी

सम्बद्ध कानून

भूमिसम्बन्धी ऐन, २०२१

 

 

 

फैसला मिति- २०७५।१०।१४

 

निवेदकको माग दावी

काठमाडौं जिल्ला साबिक मच्छेगाउँ गा।वि।स। वडा नं।४९क० को कि।नं।१८ को क्षेत्रफल २(५(१(० जग्गाको मोही टिकाकुमारी भन्‍ने लिलादेवी अधिकारी, जग्गाधनी हेमबहादुर अधिकारी कायम भई लिलादेवी अधिकारीको मिति २०५७।१२।२९ मा परलोकपश्‍चात् म निवेदक निजको छोराले उक्त जग्गा निरन्तर रूपले भोगचलन गर्दै अइरहेको छु । जग्गाधनी हेमबहादुर अधिकारीका छोराहरू हेमकृष्ण अधिकारी, चिरञ्‍जीवी अधिकारी र भिमसेन अधिकारीमध्ये चिरञ्‍जीवी अधिकारीले बुबा हेमबहादुरसमेत उपर दायर गरेको अंश मुद्दामा अंश पाउने ठहर भएको रहेछ । उक्त अंश मुद्दाको तायदाती फाँटवारीमा विवादित कि।नं।१८ को जग्गा उल्लेख नभएको भनी अंश दपोट मुद्दा दायर गरेकोमा उक्त जग्गा ४ अंशियारमा भागबन्डा लाग्ने गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०६३।९।१७ मा फैसला भएकोमा फैसलाअनुसार उक्त कि।नं।१८ को जग्गा कि।का। भई कि।नं।३१३ को क्षेत्रफल ०(९(१(१ जग्गा चिरञ्‍जीवी अधिकारीको नाममा, कि।नं।३१४ को जग्गामध्येबाट कि।का। भई कि।नं।३१५ क्षेत्रफल ०(९(१(१ जग्गा भिमसेन अधिकारीको नाममा र बाँकी कि।नं।३१६ मध्येबाट कि।का भई कि।नं।३२५ क्षेत्रफल ०(९(१(१ जग्गा सरस्वती अधिकारी र नविन अधिकारीको संयक्त नाममा कायम भई बाँकी कि।नं।३२४ क्षेत्रफल ०(९(१(१ जग्गा पनि हेमबहादुर अधिकारीले निज सरस्वती अधिकारीकै नाममा हा।ब।को लिखत पारित गरी दिएका साथै नविन अधिकारीले समेत कि।नं।३२५ को आफ्नो भागको जग्गा आमा सरस्वती अधिकारीको नाममा मिति २०६५।९।९ मा हा।व। पारित गरेपछि सरस्वती अधिकारीको नाममा कि।नं।३२४ कि।नं।३२५ को पुरै जग्गा कायम हुन आएको छ । कि।नं।१८ को जग्गा कित्ताकाट भई भिमसेन अधिकारीको नाममा कायम कि।नं।३१५ को जग्गा मोही लिलादेवी अधिकारीलाई स्वीकार गरी एकापरिवारको मोही लगत कट्टा गरिपाउँ भनी मिति २०६७।५।१० मा निवेदन दायर गरी सोही आधारमा प्रत्यर्थी १ नं।ले मिति २०६७।१०।३ मा मोही लगत कट्टा गर्ने निर्णय गरेकोले सोउपर मिति २०७०।३।२० मा रिट निवेदन दायर गर्न आएको छु । म निवेदकको बज्यै, जेठाबाबु, बाबु, काकाहरूका बिच वि।सं। १९९६।१।२ मा अंशबन्डा भई छुट्टी भिन्‍न भइसकेको हो । मेरो पिता चन्द्रबहादुर अधिकारीको नाममा कायम भएको कि।नं।११४ को जग्गामा प्रत्यर्थी भिमसेन अधिकारीका पिता हेमबहादुर अधिकारीले दर्ता बदर हक कायम मुद्दा गरेकोमा उक्त मुद्दा पुनरावेदन अदालत पाटनबाट मिति २०६५।८।११ मा फैसला भएको छ । छुट्टी भिन्‍न भइसकेको अवस्थामा मिति २०५७ सालमा कालगतिले परलोक भइसकेकी मेरी आमालाई एकापरिवारको कायम गरी मोहीलाई बुझ्दै नबुझी भूमिसुधार कार्यालयबाट मिति २०६७।१०।३ मा मोही लगत कट्टा गर्ने गरी भएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी उक्त कि।नं।१८ कित्ताकाट भई कायम हुन आएको कि।नं।३१५ क्षेत्रफल ०(९(१(१ जग्गा म निवेदकको नाममा मोही हक यथास्थितिमा कायम गर्नु भन्‍ने प्रत्यर्थी १ नं। को नाममा परमादेशको आदेश जारी गरिपाउँ भन्‍नेसमेत बेहोराको सुनिलकुमार अधिकारीको निवेदन पत्र ।

सिद्धान्त

विलम्बको सिद्धान्त  (Doctrine of Laches) को प्रमुख तत्त्व समयको अन्तराल हो । यसले समन्यायलाई पराजित गर्दछ । विलम्बको सिद्धान्त र हदम्यादको सिद्धान्त एकै होइनन् । हदम्यादको सिद्धान्त समयसीमामा आधारित छ । यसको लागि समयतत्त्व नै महत्त्वपूर्ण हुन्छ । हदम्यादको सिद्धान्तमा भएको कानूनी व्यवस्थाजस्तो प्राविधिक (Technical) रूपमा समयको गणना गरेर विलम्बको सिद्धान्तलाई प्रयोग नगरिने ।

विलम्बको सिद्धान्त लाग्न सक्ने अवस्था छ छैन भन्‍ने निष्कर्षमा पुग्न मुद्दा वा सोमा भएको कामकारबाहीको प्रकृति, सम्बन्धित पक्षले मुद्दाको सन्दर्भमा देखाएको आचरण, निजले न्यायका लागि न्यायिक निकायमा आउन लगाएको समय, निजलाई उपचार प्रदान गरेको खण्डमा त्यसबाट अरूको हकहितमा पर्ने वा पर्न सक्ने असर र न्यायको उद्देश्य पूरा हुने वा नहुनेसमेतका कुराहरूलाई समष्टिगत रूपमा हेरिनु पर्ने ।

 

पुनरावेदन अदालतको फैसला

सक्षम निकाय भूमिसुधार कार्यालयबाट स्थानीय निकायको सिफारिससमेतका प्रमाणहरूको मूल्याङ्कन गरी मिति २०६७।१०।३ मा मोही लगतकट्टा गर्ने निर्णय भएको विषयमा मिति २०७०।३।२० मा मात्र अनुचित विलम्ब गरी निर्विवाद हक नै स्थापित नभएको विषयमा रिट निवेदन दर्ता हुन आएको साथै निवेदकको कुनै हक अधिकारमा प्रतिकूल असर पर्न गएको अवस्थामा पनि निर्णय बदरतर्फ फिराद लाग्न सक्ने हुँदा वैकल्पिक उपचारको व्यवस्थासमेत रहे भएकै अवस्थामा निवेदन मागबमोजिम उत्प्रेषणयुक्त परमादेश जारी हुनुपर्ने अवस्था विद्यमान रहेको नदेखिँदा निवेदन खारेज हुने ठहर्छ भन्‍ने पुनरावेदन अदालत पाटनबाट मिति २०७१।११।२० भएको आदेश ।

फैसला

रिट निवेदकको आमा मोही देखिन आएको र निजको नामको मोही लगत कट्टा गर्दा मोहीको हकवाला यी निवेदकलाई प्रतिवाद गर्ने मौका नै प्रदान गरेको नदेखिएको अवस्थामा मोही लगत कट्टा गर्ने निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गर्नुपर्नेमा अनुचित विलम्ब तथा वैकल्पिक मार्ग हुँदाहुँदै रिट क्षेत्राधिकारको उपयोग गरेको भन्‍ने आधारमा रिट निवेदन खारेज गर्ने पुनरावेदन अदालत पाटनको मिति २०७१।११।२० को आदेश उल्लिखित आधार कारणबाट कानूनसम्मत नदेखिएकोले बदर भई उल्टी हुने ठहर्छ । साथै मोही पक्षलाई बुझ्दै नबुझी मोही लगत कट्टा गर्ने भूमिसुधार कार्यालय काठमाडौंको मिति २०६७।१०।३ को निर्णयसमेतका सम्पूर्ण काम कारबाहीसमेत उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ । अब जो जे बुझ्नु पर्ने बुझी निवेदकलाई समेत प्रतिवाद गर्न पाउने मौका प्रदान गरी पुनः निर्णय गर्नु भनी विपक्षी भूमिसुधार कार्यालय काठमाडौंको नाममा परमादेशको आदेशसमेत जारी हुने ठर्हछ । प्रस्तुत आदेशको जानकारी विपक्षीमध्येका भूमिसुधार कार्यालय काठमाडौं र मालपोत कार्यालय काठमाडौंलाई महान्यायाधिवक्ता कार्यालयमार्फत दिनु साथै तारेखमा रहेका मुद्दाका पक्षहरूलाई आदेशको जानकारी दिई दायरीको लगत कट्टा गरी प्रस्तुत मिसिल नियमानुसार बुझाई दिनू ।


 Subscribe @ https://www.youtube.com/rakune

No comments:

Post a Comment