पुनरावेदकर/प्रतिवादीः सूर्यमाया कर्माचार्यको मु.स. गर्ने जयन्द्र कर्माचार्य विरुद्ध विपक्षी/वादी कुमार खाइतू समेत मुद्दाः निर्णय दर्ता बदर समेत ने.का.प. २०७६, अंक ३, पृष्ठ ४९७, नि.नं. १०२१३ ।

 

 Subscribe @ https://www.youtube.com/rakune

अधिवक्ता तहको २९ औं परीक्षाको लागि निर्धारित नजीरहरूः

देवानी कानून

पुनरावेदकर/प्रतिवादीः सूर्यमाया कर्माचार्यको मु.स. गर्ने जयन्द्र कर्माचार्य विरुद्ध विपक्षी/वादी कुमार खाइतू समेत मुद्दाः निर्णय दर्ता बदर समेत ने.का.प. २०७६, अंक ३, पृष्ठ ४९७, नि.नं. १०२१३ ।

विषय- निर्णय दर्ता बदरसमेत

 

पुनरावेदक / वादी - काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं।२३ बसन्तपुर बस्ने सूर्यमाया कर्माचार्यको मु।स। गर्ने जयन्द्र कर्माचार्य

विरूद्ध

प्रत्यर्थी र प्रतिवादी स् जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं। १२ बस्ने कुमार खाइतूसमेत

 

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ

 

सुरू फैसला गर्ने

मा।न्या। श्री सुष्मलता माथेमा

भक्तपुर जिल्ला अदालत

 

पुनरावेदन तहमा फैसला गर्ने

मा।न्या। श्री लक्ष्मणमणी रिसाल

मा।न्या। श्री आत्‍माराम भट्टराई

पुनरावेदन अदालत पाटन

 

फैसला मिति- २०७४।७।२७

 

निवेदकको माग दावी

ससुरा भैरवबहादुर कर्माचार्यको नाममा नाप नक्सा भएको भक्तपुर जिल्ला, सिपाडोल गा।वि।स। वडा नं। ९ कि।नं। १०९ को क्षेत्रफल ४(१(०, ऐ। कि।नं। १२८ को क्षेत्रफल ०(४(० र ऐ। कि।नं। १३१ को क्षेत्रफल १(१४(० जग्गाको मोही गणेशलाल सिल्पकार भएकोमा सो जग्गामध्ये कि।नं। १०९ र १२८ को जग्गा मोहीले मिति २०३८।११।११ मा जोत छोडपत्र गरिदिएकाले मैले र विपक्षी डिल्लीबहादुरले भोगचलन गरी आएका थियौं । साबिक कि।नं। ८३ मध्येको जग्गाबाट भिड्ने मेरो आधा हक लाग्‍ने जग्गालाई विपक्षी डिल्लीबहादुर कर्माचार्यले प्रतिवादी कुमार खाइतूको जग्गा हो भनी मिति २०४६।१२।१९ मा मन्जुरी गरिदिएकाले म फिरादीको आधा हक मेटिने गरी विपक्षी कुमार खाइतूको नाउँमा दर्ता गर्ने गरी मालपोत कार्यालयबाट मिति २०४६।१२।२० मा भएको निर्णयसमेत बदर गरी कि।नं। १०९ को जग्गाको पश्चिमतर्फको क्षेत्रफल २(०(२ र कि।नं। १२८ को उत्तरतर्फको ०(२(० जग्गा मुलुकी ऐन जग्गा पजनीको १७ नं। र जग्गा मिच्नेको १८ नं। को आधारमा मेरो नाउँमा दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको सुर्यमाया कर्माचार्यले भक्तपुर जिल्ला अदालतमा दायर गरेको फिराद पत्र ।

सिद्धान्त

संविधान प्रदत्त कुनै पनि मौलिक हक परित्याग गर्न नमिल्ने ।

मौलिक हकबाहेकका हक सम्बन्धित व्यक्तिले परित्याग गरेको कुराको जानकारी राख्दछ र सो कुरा कानूनद्वारा निषेधित छैन वा सार्वजनिक नैतिकता विरूद्ध छैन भने त्यस्तो अवस्थामा कानून प्रदत्त हक छाड्न सक्ने ।

अर्काको चल अचल सम्पत्तिलाई उनाउ व्यक्तिको हो भनी लेखाई दिने अधिकार नै नराख्ने व्यक्तिले कुनै सरकारी कार्यालयमा गएर लेखाई दिएकै आधारमा कुनै सम्पत्तिमा कानूनबमोजिम हक स्थापित भएको व्यक्तिको हक समाप्त नहुने ।

जिल्ला अदालतको फैसला

वादीले विवादित जग्गा प्रतिवादी कुमार खाइतूका नाममा स्रेस्ता कायम भएको जानकारी मिति २०५४।९।२९ मा नै प्राप्त गरिसकेकोमा सो कुरा नदेखाई नक्कल सारेको आधारमा फिराद गर्न आएको र निजले पेस गरेको लगतअनुसार मालपोत कार्यालयबाट भैरवबहादुर कर्माचार्यको नाममा बिर्ता लगत मात्र प्राप्त हुन आएको तथा वादीले हकको स्रोत भनी देखाएको लगतको क्षेत्रफलसमेत ठुलो अनुपातमा फरक परी सो साबिक लगतसँग नभिडेको देखिँदा वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्‍नेसमेत बेहोराको भक्तपुर जिल्ला अदालतबाट भएको फैसला ।

पुनरावेदन अदालतको फैसला

प्रतिवादीमध्येका डिल्लीबहादुर कर्माचार्यले मिति २०४६।१२।२२ मा प्रतिवादी कुमार खाइतूको नाउँमा दर्ता गर्दाकै अवस्थामा विवादित जग्गा आफ्ना बाबुको हकको जग्गा होइन । प्रतिवादीका नाउँमा दर्ता गरिदिए हुन्छ भनी मन्जुरी दिई अड्डामा आई सनाखतसमेत गरिदिएको पाइन्छ । हाल यस अदालतमा सो मन्जुरीनामा देखाउँदासमेत आफूले गरिदिएको सद्दे लिखत हो भन्नुभएको छ । वादीको लगत हेर्दा जग्गा १(०(१(० देखिन्छ । जबकि प्रतिवादीको नं। १४४ को १६ नं। चुपीगाल भन्‍ने जग्गा २ खला गरी ४(८(० देखिन्छ भने नापीमा कि।नं।१०९ र १२८ को जग्गा क्षेत्रफल ४(५(० देखिन्छ । वादीको लगतको क्षेत्रफल नै स्वाभाविक देखिँदैन । फिल्डबुकमा मोहीले नाम लेखाइदिँदैमा कसैको हक सृष्टि हुँदैन । जहाँसम्म मिति २०३८।११।११ को लिखत छ, त्यो मोहीको विषयमा भए पनि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ बमोजिम भएको कबुलियत होइन । तेजमायाको नाममा जग्गाधनी कायम भएको अवस्था पनि देखिँदैन । त्यस्तो लिखत जालसाजी होइन भनी बयान गरे पनि सो लिखत कानूनी मान्यता प्राप्त लिखत नभएको अवस्थामा जालसाजी हो होइन भनी बोलिरहन आवश्यक पनि देखिँदैन । विबन्धनको हकमा विचार गर्दा पनि लगत प्रमाणले भिड्ने कुरामा कसैले घरसारमा केही लेखिदिँदैमा हक सर्ने वा समाप्त हुने देखिँदैन । आफ्नै गा।वि।स। भित्रको जग्गा सम्बन्धमा गा।वि।स।ले गरेको सिफारिस दूषित हुन्छ भन्न पनि मिल्दैन । भैरवबहादुरको साख्य छोराले बाबुको हकको जग्गा होइन भनी अड्डामा गरेको सनाखत कागजको कुरा सुर्यमायाको हकमा पनि लागू हुने देखिन्छ । मन्जुरी लिखतलाई वादीले चुनौती दिन सक्नु पर्दछ । तसर्थ वादी दाबी पुग्न नसक्ने ठहर्‍याई भएको फैसला सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनबाट भएको फैसला ।

फैसला

प्रतिवादी डिल्लीबहादुर कर्माचार्यले मिति २०४६।१२।१९ मा मालपोत कार्यालय भक्तपुरमा दिएको निवेदन र गरेको सनाखतबाट निजको हक लाग्ने जग्गा मात्र जाने हुन्छ । त्यसबाट सो निवेदनमा सहमति नजनाएको र सो सम्बन्धमा कुनै जानकारी नै नराख्‍ने यी वादीको हक लाग्ने सम्पत्तिसमेत प्रतिवादी कुमार खाइतूको नाममा नामसारी गर्ने गरी मालपोत कार्यालय भक्तपुरको मिति २०४६।१२।२० को टिप्पणी आदेश र मिति २०४६।१२।२२ को निर्णय वादी सुर्यमाया कर्माचार्यको हकसम्म कानूनबमोजिम भएको देखिएन । विवादको कि।नं।१०९ र १२८ को जग्गामा वादी सुर्यमाया कर्माचार्यको आधा हक लाग्ने देखिएकोले पुनरावेदन अदालतको फैसला सो हदसम्म कायम रहन सक्ने देखिएन ।

 तसर्थ माथि विवेचित आधार, कारण, प्रमाण र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतबाट कि।नं। १०९ र १२८ को जग्गामध्ये आधी जग्गामा सुर्यमाया कर्माचार्यको हक पुग्ने देखिएकोले मिति २०४६।१२।२० मा मालपोत कार्यालय भक्तपुरले उक्त कि।नं। का सम्पूर्ण जग्गा प्रतिवादी कुमार खाइतूको नाममा दर्ता गर्ने गरी गरेको निर्णय कानूनविपरीत भएकोले सो निर्णय बदर गर्नुपर्नेमा फिराद दाबी खारेज गर्ने गरी भएको भक्तपुर जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०६२।४।२३ को फैसला मिलेको नदेखिँदा उल्टी भई विवादको कि।नं।१०९ र १२८ को जग्गामध्ये नरम गरम मिलाई आधा जग्गासम्मको हकमा मालपोत कार्यालय भक्तपुरको मिति २०४६।१२।२० को निर्णय तथा प्रत्यर्थी प्रतिवादी कुमार खाइतूको नाउँमा भएको दर्तासमेत बदर भई वादीको नाउँमा दर्ता हुने ठहर्छ ।

 Subscribe @ https://www.youtube.com/rakune

No comments:

Post a Comment