पुनरावेदक/प्रतिवादीः श्यामविहारी कुर्मी विरुद्ध विपक्षी/वादी शत्रुधनप्रसाद वर्मा मुद्दाः नापी दर्ता दा. खा. दर्ता बदर गरी हक कायम गरी दा.खा. दर्ता गरी चलनसमेत चलाई पाऊँ । ने.का.प. २०७६, अंक ४, पृष्ठ ७०४, नि.नं. १०२३४ ।

 Subscribe @ https://www.youtube.com/rakune

अधिवक्ता तहको २९ औं परीक्षाको लागि निर्धारित नजीरहरूः

देवानी कानून

पुनरावेदक/प्रतिवादीः श्यामविहारी कुर्मी विरुद्ध विपक्षी/वादी शत्रुधनप्रसाद वर्मा मुद्दाः नापी दर्ता दा. खा. दर्ता बदर गरी हक कायम गरी दा.खा. दर्ता गरी चलनसमेत चलाई पाऊँ । ने.का.प. २०७६, अंक ४, पृष्ठ ७०४, नि.नं. १०२३४ ।

 

विषय- नापी दर्ता दा. खा. दर्ता बदर गरी हक कायम गरी दा।खा। दर्ता गरी चलनसमेत चलाई पाऊँ ।

 

पुनरावेदक र प्रतिवादी स् जिल्ला बाँके नेपालगञ्ज नगरपालिका वडा नं।१२ बस्ने श्यामविहारी कुर्मी

विरूद्ध

प्रत्यर्थी र वादी स् जिल्ला बाँके साइगाउँ गा।वि।स। वडा नं।४ बस्ने शत्रुधनप्रसाद वर्मा

 

 

सर्वोच्च अदालत संयुक्त इजलास

स।का।मु।प्रधानन्यायाधीश श्री दीपकराज जोशी

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

 

सुरू तहमा फैसला गर्नेः

माननीय जि।न्यायाधीश श्री मुरारीबाबु श्रेष्ठ

बाँके जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा।नि।मुख्य न्या। श्री प्रकाशकुमार ढुंगाना

मा।न्यायाधीश श्री अवधविहारी प्रसाद सिन्हा

पुनरावेदन अदालत नेपालगञ्ज

 

फैसला मिति - २०७५।२।२८

 

निवेदकको माग दावी

म वादीले सूर्यकला कुर्मीबाट २०६०र२र२८ मा निजको नाउँमा दर्ता स्रेस्ता तिरोभरो भएको जिल्ला बाँके नेपालगञ्ज नगरपालिका वडा नं।८ख ९पुराना नापीको स्रेस्ताअनुसार० को कि।नं।३७ को ज।वि। ०–१३–२ जग्गा मोल रू। ३,६१,०००।– मा खरिद गरी लिई मालपोत कार्यालय, बाँकेबाट र।नं। ८४७२ बाट मिति २०६०र२र३० मा रजिस्ट्रेसन पारित गराई लिएको आधारमा मेरो नाममा दा।खा।दर्ता भई मैले भोगचलन गरी आएको मेरो एकलौटी हकभोगको जग्गा हो । म नापीमा उपस्थित हुन नसकेको मौकाको फाइदा उठाउने बदनियतले प्रतिवादी श्यामविहारी कुर्मीले आफ्नो कि।नं।३६ को ज।वि।०–८–७ भएको तथ्य जानीजानी नयाँ नापीमा मेरो साबिकको कि।नं।३७ को ज।वि।०–१३–२ जग्गामध्ये दक्षिण पूर्वतर्फको जग्गा नापीको स्रेस्ताअनुसार नेपालगञ्ज नगरपालिका वडा नं।१२ सिट नं।०३५र१४८९–१४ कि।नं।१७ को व।मि। ०,१११२।६० मोल रू।१,५०,०००।– जाने जग्गा आफ्नो नाउँमा दर्ता गराएको कुरा मिति २०६५र१र२३ को निर्णयबाट थाहा जानकारी हुन आएको र मालपोत कार्यालय, बाँकेबाट एकाको नामको अर्काको नाममा कायम गर्न यस कार्यालयलाई अधिकार नहुँदा निवेदकलाई जानकारी दिनु भन्ने निर्णय भएकोले प्रतिवादीको सो कार्य जग्गा पजनीको १र१७ नं।को प्रतिकूल हुँदा निजको सो कार्यबाट साह्रै मर्कामा परी सम्मानित अदालतको शरणमा आएको छु । अतः सम्मानित अदालतबाट प्रतिवादीलाई तलब गरी सबुद प्रमाण बुझी मेरो दर्ताको कि।नं।३७ को ज।वि।०–१३–२ मध्येबाट हालको नापीमा कायम भएको सो कि।नं।१७ को व।मि।०१११२।६० जग्गा प्रतिवादी श्यामविहारी कुर्मीको नाममा भएको नापी दर्ता बदर गरी मेरो नाममा दा।खा।दर्ता गरी प्रतिवादीको सो जग्गाबाट कब्जा खिचोला मेटाई चलन चलाई पाउँ भन्नेसमेत बेहोराको फिरादपत्र ।

 

सिद्धान्त

जुन जग्गामा जसको स्वामित्व देखिएको छ, उसलार्इ नबुझी बिना स्रोत, बिना आधार, साबिक दर्ता स्रेस्ता वा प्रमाणको प्रतिकूल हुने गरी कित्ता नै बदर गरी क्षेत्रफल नै घटबढ गर्ने गराउने तथा कसैको नाउँमा क्षेत्रफल थप गर्ने गरी भएको काम कारबाही तथा दर्ता एवं निर्णय दुषित दर्ताकै कोटीमा पर्ने हुँदा त्यस्तो काम कारबाहीले कानूनी वैधता पाउन नसक्ने ।

जिल्ला अदालतको फैसला

वादीले सुर्यकला कुर्मीबाट मिति २०६०र२र२८ मा राजीनामा गरेको लिखत मिति २०६०र२र३० मा रजिस्ट्रेसन पारित गरी वादीको नाममा दा।खा।दर्ता भएको जिल्ला बाँके नेपालगञ्ज नगरपालिका वडा नं। ८ख कि।नं। ३७ को ०–१३–२ जग्गा नापी हुँदा सो जग्गामध्ये दक्षिण पूर्वतर्फको ०१११२।६० व।मि। जग्गा प्रतिवादीको कि।नं। १७ मा गराएको नापी दर्ता बदर गरी सो जग्गा वादीको नाममा दा।खा।दर्ता गरी सो जग्गाबाट प्रतिवादीको कब्जा खिचोला मेटाई चलन चलाई पाउँ भन्ने वादी दाबी भएको देखिन्छ । सो कि।नं। १७ को जग्गाको क्षेत्रीय किताब उतार हेर्दा सो जग्गा प्रतिवादी श्यामविहारी कुर्मीको नाममा मिति २०४७र९र१४ मा नापी भई क्षेत्रीय किताबमा दर्ता भएको देखियो । कि।नं।१७ मा नापी भएको साबिकको कि।नं। ३७ को जग्गा वादीले २०६०र२र२८ मा खरिद गरेको लिखत मिति २०६०र२र३० मा रजिस्ट्रेसन भएको भन्ने फिरादपत्रमा उल्लेख गरेको देखिन्छ । त्यसबाट कि।नं। १७ मा नापी भएको भनेको कि।नं। ३७ को जग्गा वादीले खरिद गर्नुपूर्व नै प्रतिवादीको नाममा कि।नं। १७ को जग्गा नापी भई क्षेत्रीय किताबमा दर्ता भइसकेको अवस्था देखिन आयो । कि।नं। १७ को जग्गा प्रतिवादीको नाममा भएको नापी दर्ताको सम्बन्धमा तत्काल कि।नं। ३७ को जग्गाको दर्तावालाले सो सम्बन्धमा केही दाबी विरोध गरेको भन्ने देखिँदैन । प्रतिवादी श्यामविहारी कुर्मीको नाममा २०४७ सालमा नै नापी भई क्षेत्रीय किताबमा दर्ता भइसकेको जग्गा २०४७ सालमा वादीको नाममा दर्ता स्रेस्ता नभई सूर्यकला कुर्मीबाट पुरानो स्रेस्ताअनुसार २०६० सालमा खरिद गरेको आधारमा २०४७ सालमा प्रतिवादीको नाममा नापी दर्ता भइसकेको वादीले दाबी गरेको जग्गामा वादीको हक पुग्न सक्ने अवस्था देखिन आएन । प्रतिवादीको नाममा दर्ता भएको कि।नं। १७ को जग्गामा वादीको हक पुग्न नसक्ने भएकोले सो जग्गाको प्रतिवादीको नाममा भएको दर्ता बदर गरी वादीको नाममा दा।खा। दर्ता गरी सो जग्गामा प्रतिवादीको कब्जा खिचोला मेटाई चलन चलाई पाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्ने सुरू अदालतबाट मिति भएको पःेसलाा ।

 

पुनरावेदन अदालतको फैसला

नक्साको प्रकृतिबाट कि।नं। १७ साबिक कि।नं। ३७ भित्रको रहेको देखिन्छ । क्षेत्रफलको हिसाबले पनि साबिक कि।नं। ३७ को ज।वि। ०–१३–२ रहेकोमा सोमध्येको नयाँ नापीमा वादीको नाउँमा दर्ता कायम भएको कि।नं। ८ क्षेत्रफल ०–१०–२ मात्र कायम भई दर्ता भएको देखिएको छ भने बाँकी ०–३–० जग्गा वादीको नपुग हुन आएको देखिन्छ भने प्रतिवादीको साबिक कि।नं। ३६ को ज।वि। ०–८–७ रहेकोमा नयाँ नापीमा प्रतिवादीका नाउँमा कि।नं। १९ मा क्षेत्रफल ०२७९४।४० प्रतिवादीको नाउँमा दर्ता भएको देखिन्छ । साबिक कि।नं। ३६ मा भएको क्षेत्रफल कि।नं। १९ मा रही प्रतिवादीको नाउँमा नापी भएको विवादित कि।नं। १७ को क्षेत्रफल ०१११२।६० समेत प्रतिवादीकै हो कि भन्नलाई प्रतिवादीको कुनै अन्य स्रोत देखिन आउँदैन । मालपोत कार्यालयमा कारबाही भएको स्रेस्ता सुधार गरी अद्यावधिक गरिपाउँ भन्ने मिसिलमा मालपोत कार्यालयको जाँचबुझ र हाल साबिक भिडाउँदा पनि दाबी कि।नं।१७ को जग्गा साबिक कि।नं। ३७ को रहे भएको भिडेको भन्ने नै निष्कर्ष रहेको देखिन्छ । अब २०४७ सालमा नापी भएकोमा २०६० सालमा राजीनामा गरी लिने वादीलाई दाबी गर्न पाउने नपाउनेतर्फ हेरिएमा दाबीको जग्गा २०४७ सालमा नापनक्सा र फिल्डबुक मात्र तयार भएको हो । जग्गा नापी दर्ताको प्रक्रिया जग्गाको नापी भएर वा फिल्डबुक तयार भएर मात्र टुङ्गिएको मान्न मिल्दैन । जबसम्म नापी र फिल्डबुकअनुसार अमुक जग्गा अमुक व्यक्तिलाई भनी जग्गाधनी दर्ता स्रेस्ता तयार हुँदैन तबसम्म प्रक्रियामै रहेको मानिने भएको र दाबी जग्गाको जग्गाधनी पुर्जा २०६३ सालमा मात्र तयार भएको अवस्था देखिँदा त्यस्तोमा नापी र फिल्डबुक धेरै पहिले कायम भएकाले वादीलाई दाबी गर्ने हकदैया छैन भन्न सकिने अवस्था रहँदैन । नक्सा तथा क्षेत्रफल र हाल साबिकसमेत भिडाउँदा दाबीको जग्गा वादीकै रहे भएको देखिएकोमा वादी दाबी नपुग्ने ठहर्‍याएको सुरू बाँके जिल्ला अदालतको मिति २०६६।४।१९ को फैसला नमिलेकोले उल्टी भई वादी दाबीबमोजिम प्रतिवादीको नाउँको कि।नं। १७ को नापी दर्ता बदर भई वादीको नाउँमा दर्ता हुने र प्रतिवादीबाट कि।नं।१७ को कब्जा खिचोला मेटाई वादीले चलनसमेत पाउने ठहर्छ भन्ने बेहोराको पुनरावेदन अदालत नेपालगञ्जको फैसला ।

फैसला

दाबीको कि।नं। १७ को जग्गा प्रतिवादीको कि।नं।३६ मध्येको वा स्वामित्वको हो भन्ने पुष्टि हुन नआएकोले आफ्नो हकै नपुग्ने जग्गा प्रतिवादी श्यामविहारी कुर्मीले क्षेत्रफल सुधार गर्ने तथा नयाँ नापीमा आफ्नो नाउँमा नापी दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा लिनेसमेतको कार्यले कानूनी मान्यता पाउने देखिएन । साथै वादी पक्षलार्इ आफ्नो साबिक नापी दर्ता भएको जग्गा अर्कैले क्षेत्रफल सुधार एवं कित्ताफोड गरेको कुरा मौकामा थाहा पाएको नदेखिएपछि निजले तत्कालै नालिस गर्न सक्ने अवस्थासमेत नदेखिएबाट हदम्यादको आधारमा फिराद खारेज गरिपाउँ भन्नेसमेतको प्रतिवादीको जिकिरसमेत कानूनसम्मत देखिएन ।

तसर्थ, वादी दाबी नपुग्ने ठहर्‍याएको सुरू बाँके जिल्ला अदालतको मिति २०६६।०४।१९ को फैसला उल्टी गरी वादी दाबीबमोजिम प्रतिवादी श्यामविहारी कुर्मीको नाउँको कि।नं।१७ को नापी दर्ता बदर गरी वादीको नाउँमा दर्ता हुने र प्रतिवादीबाट कि।नं।१७ को कब्जा खिचोला मेटाई वादीले चलनसमेत पाउने ठहराएको पुनरावेदन अदालत नेपालगञ्जको मिति २०७१।४।१८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ

 Subscribe @ https://www.youtube.com/rakune


No comments:

Post a Comment